arrow

आर्थिक बर्षको अन्त्यमा पशु कार्यालयका साहले किर्ते गरि अनियमितता गरेको आरोप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २६ शुक्रबार
ramparikshyan-shah.jpg

वीरगंज। विगत ६ वर्षदेखि पर्साको एउटै कार्यालयमा कार्यरत भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साका कार्यालय प्रमुख रामपरिक्षण साहले अवकाशको पूर्व सन्ध्यामा अनियमिततामा मुसिएका छन् ।

भैंसीपालन, गाईपालन, गोठ सुधार, पोखरी मर्मत, नयाँ पोखरी खन्ने लगायत शिर्षकमा किर्ते गरेर मत्स्य प्रमुख राजेश्वर कुशवाहा, प्राविधिक सुब्बा बाबुराम पंडित र कार्यालय प्रमुख साहले अनियमितता गरेको आरोप लागेको हो। 

साना, मझौला र ठूला किसानहरुलाई अनुदान दिने रकममा ५० प्रतिशत कमिशन दिनेलाई असार मसान्तमा धमाधम अनुदानको रकम बाडिदै गरेको आरोप पनि उनीलाई लागेको छ । आगामी भदौ महिनामा अवकाश भई घर जानुभन्दा अगाडी यस वर्षको बजेट सिध्याउन रात दिन कार्यालयमा कर्मचारीहरु खटेर कागज मिलाउने काम भइरहेको कृषक एवं पत्रकार बृजलाल पासवानले बताए। 

कोरोना महामारीमा पीडित किसानहरुलाई सहयोग गर्ने प्रदेश सरकारको नीति रहि आएको छ। यहि नीतिको फाइदा उठाउँदै विभिन्न व्यक्तिहरुलाई नक्कली फारम भर्न लगाई पैसा एकोहोर्‍याउने कामलाई पनि गति प्रदान गरिएको उनीमाथि आरोप छ।

आफ्नो जागीर जीवनको अन्तिम समयमा कार्यालय प्रमुख रामपरिक्षण साहले सरकारी बजेटमाथि आँखा लगाएपछि कुनै शिर्षकको रकम फ्रिज नहोस भनी कागजपत्र मिलाउने अभियानमा रात दिन खटिरहेका सरोकारवालाहरु बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ