arrow

विहान ९ वजेदेखि साँढे १० सम्म राहुकाल, के गर्नुहुन्न?

के छ आजको राशीफल, साईत र शुभ लाभादी बेला?

logo
ज्यो. हरि पन्त
प्रकाशित २०७७ असार २७ शनिबार
rashifal-horoscope.jpg

काठमाडौं। आज मिति २०७७ आषाढ २७ गते शनिबार, इस्वीसंवत जुलाई ११ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्दमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणकृष्णपक्षको सप्तमी तिथि रहनेछ । आज उत्तरभाद्रपदा नक्षत्र, विष्कुम्भादि योगमा शोभन, करणमा भद्रा, आनन्दादि योगमा काल रहनेछ । 

सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान ३४ घटि १७ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर १७ मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ बजे हुनेछ । 

आजको राशिफल

मेषः समय खराब छ । सरकारी कर्मचारीका लागि समस्या आउन सक्छ । ईष्टमित्रसंग विवाद, व्यवसायमा सोचेभन्दा बढी लगानी तर प्रतिफल सोचेजस्तो नदेखिने देखिन्छ । 

वृषः समय शुभ रहनेछ, मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र कुखुरा पालनबाट उचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । 

मिथुनः समय मध्यम खालको छ । सामाजिक संघ÷संस्था, चित्रकला, साहित्य, संगीत, पत्रकारिता एवं होटल व्यवसाय लगायतका पेशा व्यवसायबाट आर्थिक लाभ पाइनेछ । 

कर्कटः समय खराब रहनेछ । स्वास्थ्यको सम्बन्धमा भरपर्ने खालको रहने छैन । कुनै पनि व्यक्तिसंग विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । भ्रमण यात्रा गर्दै हुनुहुन्छ भने विचार गर्नुहोला । 

सिंहः आज समय शुभ छैन । आफ्नै व्यक्तिसंग कुरा नमिल्ने, मन चञ्चल रहन सक्नेछ । कार्यक्रममा असफलता, कम्मर दुख्ने रोग, पेटमा गडबडी हुन सक्नेछ । 

कन्याः समय राम्रै छ । टाढा नगद प्राप्त हुनेछ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । 

तुलाः आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने योग छ । नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसँग सम्पर्क बढ्ने । 

वृश्चिकः आज विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं कर्तव्यको हानी हुनेछ । 

धनुः समय खराब छ । पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्नेछ । पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन् । 

मकरः स्वास्थ्य राम्रो रहनेछ । धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुने, घरमा नयाँ चहलपहल र मुद्दा मामिला कुनै भए तपाईंको जीत हुन सक्छ । 

कुम्भः आज नित्य कार्यबाट बञ्चित हुनुपर्ने छ । आज अत्यन्तै विश्वास गरिएका व्यक्तिबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । 

मीनः आज धेरैजसो समय सुखमय देखिन्छ । भाग्यस्थानको चन्द्रमाको सकारात्मक प्रभावका कारण सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्वाही सम्पादन हुनेछन् । 

साइतः आज काल योग परेकाले सकभर यात्रा नगर्नुहोला । यदि बाध्यताबश अन्य दिशाको यात्रा पनि गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 

आजको शुभ लाभादि बेला 
बिहान ५ः१७ बजेदेखि         ६ः४७ बजेसम्म         काल बेला
बिहान ६ः४७ बजेदेखि         ८ः१७ बजेसम्म         शुभ बेला
बिहान ८ः१७ बजेदेखि         ९ः४७ बजेसम्म         रोग बेला
बिहान ९ः४७ बजेदेखि        ११ः१७ बजेसम्म         उद्धेग बेला
बिहान ११ः१७ बजेदेखि        १२ः४७ बजेसम्म       चर बेला
मध्यान्ह १२ः४७ बजेदेखि      २ः१७ बजेसम्म         लाभ बेला
दिउँसो २ः१७ बजेदेखि        ३ः४७ बजेसम्म         अमृत बेला
दिउँसो ३ः४७ बजेदेखि        ५ः१७ बजेसम्म         काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ