arrow

जनप्रतिनिधिकै कारण सँधै डुब्ने चन्द्रपुर

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ असार २७ शनिबार
chandrapur-rautahat-flood.jpg

रौतहट। हरेक बर्षझैं यस बर्षपनि सामान्य बर्षामा रौतहटका धेरै गाँउबस्ती डुबानमा परेका छन् । बिहिबार राती परेको पानीका कारण गाँउ डुब्नुको कारण पानीको निकास नहुनु रहेको स्थानीयको भनाई छ ।

जिल्लाका अन्य स्थानझैं चन्द्रपुर नगरपालिकाका धेरै गाँउबस्ती डुबानमा परेका छन् । सुगम स्थान र ठुलो भनेर चिनिने चन्द्रपुर नगरपालिकाका धेरै गाँउबस्ती डुवानमा पर्नुको मुख्य कारण निकास विनाको विकाश र जनप्रतिनिधिको लापरवाही भएको स्थानीय नरेश लामिछानेको आरोप छ ।

सामान्य बर्षामा समेत बाटो र घरभरी पानीनै पानी हुनुले नगरमा कुन स्तरको विकास भईरहेको छ त्यो छर्लंग भएको लामिछानेको भनाई छ । बर्षाका कारण बस्तिका बासिन्दालाई घरभित्रै बस्न बाध्य बनाएको छ भने कतिपयलाई सडकको बास बस्न बाध्य बनाएको छ ।

बस्ति डुबानमा पर्न थालेपछि चन्द्रपुर नगरपालिकाका वडाअध्यक्षहरु सम्पर्कबिहीन बन्ने गरेका छन् । चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ को दुर्गामाध्यमिक बिद्यालयको पुर्बतर्फका बस्तिको घरमा पानी प्रबेश गरेपछि निकासका लागि वडाअध्यक्षको खोजी गर्दा सम्पर्क बिहीन भएको स्थानीयले बताएका छन्। स्थानीय आफै चन्द्रपुर नगरपालिकाको कार्यालयबाट जेसिबी लगेर पानीको निकास गर्न जुटदा समेत जनप्रतिनिधि सम्पर्क बिहिन रहेका हुन् ।

सामान्य बर्षामा समेत चन्द्रपुर नगरपालिकाको वडानम्बर ४, ५, ६ र ८ का अधिकांश बस्ति डुबानमा पर्ने गरेको भएपनि समय छँदै पानीको निकाशका बारेमा न त नगरपालिकाले चासो दिने गरेको छ, न त वडाका मुखियाहरुले ।

नगरपालिकाको आकर्षणको रुपमा रहेको ४ नम्बर वडाको बाटो होस या घर सबै जलमग्न बन्दा समेत जनप्रतिनिधिको आँखामा लागेको जालो पखालिन सकेको छैन । जव पर्‍यो राती अनि बुढी ताती भनेझैं जब बर्षा हुन्छ तब नगरपालिका आफैले बनाएको सडक खनेर पानीको निकास निकाल्ने काममा व्यस्त हुने गरेको पाईएको छ । यो  दुराबस्थाको एक मात्र कारण वडाको बिकास योजनाको छनौट गर्दा दुरदर्शिता नअपनाउनु रहेको स्थानीय बासिन्दाको आरोप छ ।

आकाशे पानी पर्दा चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ को टेकान जाने बाटो र पुर्ब पश्चिम राजमार्गको बीच सडकबाट यस्तै मुख्य चोकबाट बजार जाने सडक भएरनै पानी बग्ने गरेको पाइएको छ ।

चन्द्रपुर नगरपालिकाको वडानम्बर पाँच अन्तर्गत देउराली चोकदेखि सरकारी अस्पताल जाने बाटोको दक्षिणतर्फ संधै डुवानमा पर्ने गरेको छ । यस्तै चन्द्रपुर वडानम्बर ८ मा रहेको मरधर सिमसार क्षेत्रको पश्चिमपट्टी र दक्षिणतर्फ भबन बनाउने क्रममा सोही क्षेत्रको नयाबस्ति डुबानमा परेको छ ।

चन्द्रपुर नगरपालिकाका वडाअध्यक्षहरुले नाला निर्माण भन्दा पनि सडक ग्राभेलमा बजेट बिनियोजन गर्ने र सोही अनुरुप कार्य गर्ने गरेका कारण चन्द्रपुर नगरपालिका बर्षेनी डुबानमा पर्दै आएको छर्लङ्ग हुँदा समेत बेवास्ता हुनुले चन्द्रपुर नगरपालिका र जनप्रतिनिधिको कार्यशैलीमा गम्भिर प्रश्न खडा भएको स्थानियहरु एकमत रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ