arrow

बिपद् ब्यबस्थापन कोषमा सबै रकम जम्मा गर्ने राप्तीसोनारी बन्यो पहिलो पालिका

logo
सौरभ गिरी,
प्रकाशित २०७७ असार २७ शनिबार
Raptisonari_Gaunpalika.png

नेपालगन्ज । बाँकेस्थित जिल्ला बिपद् ब्यबस्थापन कोषमा रकम जम्मा हुने क्रम बढी रहेको छ। कोरोना नियन्त्रणका लागि बाँकेका सबै स्थानीय तहले बिपद् ब्यबस्थापन कोषमा तोकिएको रकमको आधा मात्र जम्मा गरेपनि राप्तीसोनारी गाउँपालिकाले भने पूरै रकम जम्मा गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिए।

बिपद् ब्यबस्थापन कोषमा बाँकेका ८ वटै स्थानीय तह मध्ये नेपालगन्ज उपमहानगरपालिकाले २५ लाख बुझाउनु पर्नेमा आधा १२ लाख ५० हजार, कोहलपुर नगरपालिकाले २० लाखमा १० लाख बुझाएको प्रजिअ कुरुम्बाङले बताए। त्यस्तै प्रजिअ कुरुम्बाङका अनुसार राप्तीसोनारी गाउँपालिकाले भने सबै १० लाख रुपैयाँ बिपद् ब्यबस्थापन कोषमा जम्मा गरिसकेको छ । बिपद् ब्यबस्थापन कोषमा गाउँपालिकाले १० लाख रुपैयाँ बुझाउनुपर्ने निर्णय भएको थियो । जसमा राप्तीसोनारी गाउँपालिका पूरै रकम जम्मा गर्ने पहिलो पालिका बनेको छ ।

त्यस्तै नरैनापुर गाउँपालिकाले ५ लाख, खजुरा गाउँपालिकाले ५ लाख, जानकी गाउँपालिकाले ५ लाख रुपैयाँ जम्मा गरिसकेका छन् । बैजनाथ र डुडुवा गाउँपालिकाले भने बिपद् ब्यबस्थापन कोषमा रकम जम्मा गर्ने तयारी गरेको बताएका छन् । डुडुवा गाउँपालिकाले अब केही दिनमै रकम जम्मा गर्ने जानकारी दिएको छ ।

कोरोना नियन्त्रणका लागि सबै पालिकाले समयमै सहयोग गर्न जरुरी रहेको प्रजिअ कुरुम्बाङले बताए। राप्तीसोनारी गाउँपालिकाले जस्तै सबै पालिकाले पूरै रकम जम्मा गरेमा कोरोना नियन्त्रणका लागि सहयोग पुग्ने प्रजिअ कुरुम्बाङले बताए । राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले कोरोना नियन्त्रण गर्न सबैको सहयोग अति जरुरी रहेकाले हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ