arrow

अमेरिकि राष्ट्रपतिय चुनावनजिक फेसबुक दबाबमा, राजनीतिक विज्ञापन बन्द गर्दै

logo
एजेन्सी,
प्रकाशित २०७७ असार २७ शनिबार
facebook-political-ads.jpg

काठमाडौं। फेसबुकले राजनीतिक विज्ञापन बन्द गर्न सक्ने बताएको छ। आउदो नोबेम्भरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचन अघि नै राजनीतिक विज्ञापन बन्द गर्ने फेसबुकले बताएको हो। फेसबुकमाथि गलत सूचना, घृणित कुराहरुको प्रचार गरिरहेको भन्दै गम्भिर दबाब परेको छ। हुनपनि फेसबुकलाई यस्ता घटनाहरु आफ्नो प्लेटफर्ममा हुन दिएका थुप्रै उदाहरणहरु छन्।

२०१९ को अन्त्यतिर नै फेसबुकले राजनीतिक विज्ञापन बन्द गर्नका लागि कुरा उठ्दै आएको थियो। यद्यपि विज्ञापन बन्द गर्ने कुरा अहिले सम्म पनि निश्चित भइसकेको छैन्।

चुनाव नजिककिएसँगै फेसबुकले आफ्नो प्लेटफर्ममा राखिएका पोष्टहरुमाथि अनुसन्धान थालेको छ। यसबाट उस्ले विज्ञापन बन्द गर्ने निर्णय अघि सार्नेछ। फेसबुकमा हुने गरेका राजनीतिक विज्ञापनहरुले अमेरिकी राजनीतिमा ठूलो असर पारिरहेको हुन्छ। तर, पार्टीगत र राजनीतिज्ञहरुको विज्ञापनमा रहेको सूचनाहरु (सत्य होस् या गलत) फेसबकुले चेक गर्दैन्।

पोष्टहरुले भोटरहरुको मनस्थिती नै परिवतर्न गरिदिन सक्छ। तर, साँचो या गलदत नै नछुट्यिाइएका पोष्टहरु फेसबुकमा रहन दिनु गलत हुन जाने एक पक्षको भनाइ छ। अर्को पक्ष फेसबुकले विज्ञापन बन्द गर्न नपाउने भन्ने पनि छ।

फेसबुकका संस्थापक मार्क जुरवर्गले राजनीतिक विज्ञापन बन्द गर्ने यसअघि नै भनेका थिए। ‘राजनीतिक विज्ञापनले फेसबुकको आम्दानीको नगण्य मात्रा कमाउछ त्यसकारण निर्णय पैंसा हेरेर हैन कति र कस्तो असर पर्छ भनेर गरिने छ।’ उनले भनेका छन्। यद्यपि फेसबुकले गलत सूचना र मनपरि हिसाब घृणित कुराहरुलाई बढावा दिएको भन्दै अमेरिकि सांसद, सर्वसाधरण देखि फेसबुककै कर्मचारीहरुले समेत विरोध गर्दै आएका छन्। त्यसकरण फेसबुकलाई विज्ञापन सम्बन्धी नीतिमा सुधार गर्न माग भएको छ।

कोकोकोला र युनिलिभर जस्ता कम्पनी फेसबुकमा विज्ञापन नै नगर्ने भइसकेका छन्। फेसबुकका संस्थापक मार्क जुकरवर्गले भने ‘स्वतन्त्र आवाज’ अर्थात फ्रि स्पिच भन्दै जस्तो सुकै पोष्टहरुलाई फेसबुकमा रहन दिने गरेको छ। जसकारण फेसबुकमाथि भेदभावगत् पोष्टहरुको वृद्धि गरेको र मानिसहरुका लागि निष्पक्षिय नबनेको आरोप छ। केहिदिन अघि ट्विटरले अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको पोष्टलाई सावधानीको संकेत दिएर प्लेटफर्मबाट लुकाएको थियो। यद्यपि फेसबुकले भने त्यस्तो केहि गरेको थिएन्।

ट्विटरले गत वर्ष नै राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा गरेको थियो। गलत सूचना बढी फैलाइने हुँदा राजनीतिक विज्ञापन बन्द गर्ने ट्विटरले बताएको थियो। यद्यपि अमेरिकि डेमाक्रयाटिक कमिटिकी प्रवक्ता नेल थोमसले भने राजनीतिक विज्ञापन बन्द गर्नुले गलत सूचना नरोकिने बताएकी छिन्। उनले विज्ञापन जारी राख्नु पर्ने किसिमके धारणा व्यक्त गरेकी हुन्। डेमोक्रयाट्सहरुले फेसबुकका बन्द ग्रूपहरुमा करोडौंको संख्यामा ट्रम्पको समर्थकहरु रहेको उल्लेख गरेको छ।

यस बाहेक फेसबुकमा ट्रम्पका फ्लोअरहरु करिब ३ करोड रहेका छन् भने आउदो चुनावका लागि डेमोक्रयाटका तर्फबाट उम्मेदवार रहेको जोसेफ आर बाइडेनका २१ लाख मात्रै फ्लोअर रहेका छन्। विज्ञापन हटाइयो भने ट्रम्पको पोष्टहरु झण्डै ३ करोडले देखने छन् भने बाइडेनको पोष्ट २१ लाखले मात्रै देख्ने छन्, यसबाट ट्रम्पलाई फाइदा हुने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ