arrow

बुटवलमा तीन जनाद्धारा आत्महत्या

logo
नारायण वली,
प्रकाशित २०७७ असार २७ शनिबार
suicide1.jpg

रुपन्देही । चीनको वुहान शहरवाट विश्वका अधिकांश देशहरुमा फैलिएर ठुलो मानविय क्षति पुर्याएको कोरोना भाईरस (कोभिड–१९) ले निम्त्याएको विषम संकटताले नेपालमा पछिल्लो समय आर्थिक र मनोसामाजिक क्षेत्रमा नकारात्कम असर पुर्याउन पुगेको पाईएको छ । 

जसका कारण अहिले पनि कोरोना भाईरसको त्रास कायमै रहेका वेला नेपालमा धेरै मानिसहरुले आत्महत्या गर्न पुगेको पाईएको छ । करिव ३ महिना सम्म कडा रुपका गरिएको लकडाउनले सवै क्षेत्रहरु वन्द हुन पुग्दा दैनिक रोजगारी गरेर जीवन चलाउँदै आएका र उद्योग व्यापार गरेकाहरु सवैभन्दा धेरै आर्थिक तथा मानसिक तनावमा रहेका छन् ।

लकडाउन जारी गरिएको गत चैत्र ११ गते देखि गत जेठ अन्तिम सम्म प्रदेश नं.५ मा आत्महत्या गर्नेहरुको संख्या ३ सय १२ पुगेकोमा थप बुटवलमा पनि ३ जनाले आत्महत्या गरेका छन् । असार २५ गते बुटवल उप– महानगरपालिका वडा नं.११ बुद्धनगरका राजु सुनारले आफ्नै करेसावारीमा रहेको रुखमा आत्महत्या गरे । २८ वर्षिय राजु घर वनाउने मिस्त्री काम र ड्राईभर पनि सिप भएको उनका जेठा दाजु मोतिलाल सुनारले वताए ।

विवाह गरेका राजु लकडाउन हुनु भन्दा पहिले घर वनाउने काम गर्दै आएको र लकडाउन भएपछि काम विहिन भएका उनी मदिरा सेवन गरी श्रीमती संग कलह गरेपछि उनकी श्रीमती माईत गएर वसेको एक महिना पछि आत्महत्या गरेको परिवारजनले वताए । उनकी श्रीमती प्रियंका सुनार भन्छिन्, मदिरा खाएपछि मैले नखान भन्ने तर उहाँले मान्नु हुन्न थियो, अनि झगडा पर्थ्यो । 

सोही वडामा अर्का राजु विकले पनि आत्महत्या गरेका छन् । भारतमा वस्दै आएका विक लकडाउन भएपछि घर आएको र घर आएर स्थानिय तामनगर स्थित रहेको क्वारेन्टाईनमा १४ दिन विताएर कोरोना भाईरस नभएको रिर्पाेट पछि घर आएका विक घर आएको एक हप्ता भित्र आत्महत्या गरेको उनकी आमा कुमारी विकले वताईन् । 

३१ वर्षका विक अविवाहित रहेको वताईएको छ । अविवाहित विकले आत्महत्या गर्नुको ठोस कारण नखुले पनि तर उनी मानसिक तनावका कारण मृत्युवरण गरेको मृतक विककी भाई वुहारीको भनाई छ । त्यस्तै सोही वडा स्थित विनापाते भन्ने ठाउँमा वस्दै आएकी २४ वर्षिय राधिका सुनारले पनि आत्महत्या गर्न पुगेकी छिन् । 

सुकुम्वासीमा वस्दै आएका उनीहरु दैनिक मजदुरी गरेर खाने वर्गका मानिसहरु रहेको बुटवल उप– महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले वताएका छन् । हाम्रा कुरा डटकम संग कुरा गर्दै अध्यक्ष क्षेत्रीले आर्थिक संकट, खाद्यान्न संकट, सामाजिक समस्या र तनावका कारण कसैले पनि आत्महत्या गर्नु नपर्ने वताएका छन् । यस्तै जनप्रतीनिधि नकुल शाहीले भने, यदी वडा भित्र कसैले आत्महत्या गर्न सोच वनाएको छ भने वडा कार्यालयमा आएर आफ्ना समस्या राख्न र के समस्याले आफुलाई मर्न वाध्य वनाउँदै छ उक्त कुरालाई वडा कार्यालय मार्फत समाधान गर्न सकिने जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ