arrow

मोरङका युकेश चौधरीको टीमले शुरु गर्‍यो 'मेरोवेभ' संजाल 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २७ शनिबार
merowave.jpg

मोरङ। मोरङका युकेश चौधरीको समुहले बिकास गरेको मेरोवेभ डटकम नामक सामाजिक संजाल संचालनमा ल्याएको छ।

विशेषगरी नेपाली प्रयोगकर्तालाई लक्षित गरि यहि जुन महिनाबाट मेरोवेभ संचालनमा ल्याएको चौधरीले जानकारी दिए।

अन्य सामाजिक संजालमा  जस्तै  फोटो, भिडियो, तथा अन्य अपडेट सेयर गर्न सकिने यो संजालमा साथी बनाउन, म्यासेज गर्न, ब्लग लेख्न, ग्रुप बनाउन र ग्रुपमा जोडिन सकिनुका साथै,पेज पनि बनाउन सकिन्छ। यसका साथै आफ्नो परिचय गोप्य राखी पोस्ट सेयर गर्न सकिने विशेषता पनि मेरोवेभमा समेटिएको छ। 

मनोरञ्जनका लागि भने फ्री अनलाईन गेम तथा फ्री चलचित्र हेर्न सकिने सुबिधा पनि रहेको छ। यसमा बिजनेसलाई फोकस गरि पुरानो तथा नयाँ सामान मेरोवेभ मार्केटमा किन्न तथा बेच्न राख्न सकिनेछ।

जागिर चाहिनेलाई जब्स लिस्टिंगमा जागिर खोजि गर्ने सुविधा छ भने बिजनेसले जागिर अफर पोस्ट गर्न सक्ने चौधरीले जानकारी दिए। 

हाल मेरोवेभको डेस्कटप र मोबाईल भर्सन सार्वजनिक भएको हो। एप भने अगष्ट दोस्रो हप्ता सम्ममा लञ्च गर्ने तयारीमा मेरोवेभ टिमले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ