arrow

सेलफोनबाट टिकटक हटाउन अमेजोनको कर्मचारीलाई अनुरोध

logo
एएनआई,
प्रकाशित २०७७ असार २७ शनिबार
jeff-bezos-amazon.jpg

सान फ्रान्सिस्को। आमेजोन कम्पनीले आफ्ना कर्मचारीलाई “सुरक्षा जोखिम” भएको कारण देखाउँदै आ–आफ्नो सेलफोनबाट टिकटक हटाउन अनुरोध गरेको न्युयोर्क टाइम्सले शुक्रबार जानकारी दिएको छ।

भारतले टिकटक र युसी ब्राउजरलगायत ५९ ओटा चिनियाँ एप्सहरु प्रतिबन्ध लगाएको केही दिनपछि अमेजोन कम्पनीले यस्तो निर्णय आएको हो। सार्वभौमिकता, अखण्डता र प्रतिरक्षाको लागि यो निर्णय गरिएको न्युयोर्क टाइम्सले प्राप्त गरेको इमेलमा बताइएको छ।

कर्मचारीहरूले “अमेजोन ईमेल पहुँच रहेको कुनै पनि उपकरणहरूबाट एप्पहरु मेटाउनुपर्ने अमेजोनका अधिकारीहरूले जनाएका छन्। कर्मचारीले आफ्नो अमेजोन कम्पनीबाट ईमेल प्राप्त गर्ने प्रयोजनका लागि शुक्रवारसम्म टिकटक एप्पस् हटाउनपर्ने अधिकारीहरुले जानकारी दिएका छन्। यद्यपि अमेजोनका कर्मचारीहरूलाई उनीहरूको ल्यापटप ब्राउजरबाट अझै टिकटक हेर्न अनुमति छ।

ह्वाइट हाउसले टिकटकलगायत चिनियाँ सामाजिक सञ्जालका एप्स् प्रतिबन्ध लगाएको यसअघि नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पुष्टि गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ