arrow

झापामा बाढीले एकको मृत्यु, पाँच घर विस्थापित 

logo
युबराज रेग्मी,  
प्रकाशित २०७७ असार २८ आइतबार
flood-river.jpg

झापा । चार दिनदेखिको  लगातार  वर्षाले  झापा जिल्लाको  जनजीवन प्रभावित बनेको छ । जिल्लाका विभिन्न स्थानमा जमिन  कटान सुरु भएको छ साथै विभिन्न स्थानमा पाँच घर  परिवार विस्थापित भएका छन् ।  कन्काइ नदिमा  आएको बाढीले शनिबार  शिवसताक्षी नगरपालिका १० सुकुम्बासी बस्तीका ४ घर परिवार  विस्थापित भएका छन् । जस अन्तर्गत  प्रेम उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र  लालु ऋषिदेको परिवार विस्थापित भएको हो ।

बाढीले घर बगाउन  सुरु गरेपछि सशस्त्र प्रहरीको टोलीले उद्वार गरि उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको वडा अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिएका छ्न् । यसअघि सोहि स्थानमा कन्काइ नदीले तीन परिवार विस्थापित भएका थिए।

अबिरल वर्षा  भइरहेको सो स्थानका  करिब १५ घर परिवार कटानको जोखिममा पर्ने रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

त्यसैगरि स्थानीय बनियानी खोलाको बाढीले गौरीगञ्ज गाउँपालिका १  होक्लाबाडीमा  रामजी मुर्मूको एक परिवार बिस्थापित भएको छ  ।

उता मेचीनगरको निन्दा खोलामा आएको बाढीले मलामी घर बगाउन सुरु गरेको  छ। कमल खोलाको बाढीले  गौरीगञ्ज  १ कुञ्जीबारी बजार र गौरादह नगरपालिका ९ को सीमा खोला कमलको झोलुङ्गे पुल उच्च  जोखिममा  परेको छ।

 त्यसैगरी मेचीनगर  ७ साबिक ज्यामिरगडी ८ र ९ को सीमानामा पर्ने पालिया पुल कटानमा परेको छ। रतुवा खोलाको बाढीले कमल गाउँपालिका  ५,६ र ७ मा क्षति पुर्याएको छ।              

कन्काइ  नदीले तीव्र रुपमा जमिन कटान गरिरहेको छ। झापा जिल्लाका मेची, टाङ्टिङ, रतुवा, बिरिङ, कमल, किस्ने , बनियानी  लगायतका खोला तथा नदीमा पानीको बहाब बढेको छ।

 त्यसैगरी अबिरल बर्षासँगै आएको बाढीले बगाउँदा झापामा एक जनाको  मृत्यु भएको छ । झापा गाउपालिका  वडा नं  ५ पुरानो सरणामतीका अन्दाजी ३५ बर्षका राजेश गणेश नामका ब्यक्ति  बिरिङ खोलामा मलामी जाने क्रममा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएका थिए ।

साँझसम्म खोजी गर्दा उनलाई गाउँलेले मृत फेला पारेका छन् । उनको झापा गाउँपालिका  ५ पुरानो सरणामती नजिकै बिरिङ नदिमा लास भेटिएको झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाहले जानकारी दिएका छ्न् । लास भेटिएको ठाउँमा प्रहरी पुगेर आवश्यक प्रकृया सुरु गरिसकेको अध्यक्ष साहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ