arrow

बच्चन परिवारका सबैलाई कोरोना भएको आशंका, अमिताभ र अभिषेक संक्रमित 

logo
प्रकाशित २०७७ असार २८ आइतबार
Amitabh-Bachchan.jpg

काठमाडौं । बलिउडका सबैभन्दा चर्चित सुपरस्टार अमिताभ बच्चनलाई कोरोना भाइरस भएको छ । त्यसैगरी उनका छोरा एवं अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस भएको छ । 

अमिताभले शनिबार साँझ ट्वीट गर्दै आफ्नो बारेमा जानकारी गराएका हुन् । यसअघि उनीहरुलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो । 

परिवार नै कोरोना संक्रमित भएको आशंका 

अमिताभको परिवारमा सबैलाई कोरोना भएको आशंका गरिएको छ । उनीहरुसंगै घरका सबै स्टाफको परीक्षण गरिएको छ । जसको रिपोर्ट आइतबार आउनेछ । 

अमिताभ पत्नी जया, बुहारी ऐश्वर्या राय र नातिनी आराध्याको रिपोर्ट आइतबार आउने छ । 

नानावटीमा क्रिटिकल केयर सर्भिसेजका निर्देशकडा अब्दुल एस अन्सारीले आइतबार बिहान ३ बजे मिडियालाई यसबारे जानकारी दिएका छन् । 

अमिताभको अवस्था पहिलेभन्दा अहिले सुधारोन्मुख भएको उनले बताएका छन् । 

अमिताभले सबैलाई कोरोना टेष्ट गराउन अपिल गरेका छन् । बितेको १० दिनमा उनको सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन आग्रह गरेका हुन् । 

अमिताभ कोरोनादेखि निकै डराएका थिए । सन् १९४२ अक्टुबर ११ मा जन्मिएका अमिताभमा ३८ वर्षदेखि दम, लिभर र किड्नीको समस्या रहेको छ । 

७७ वर्षका उनी बलिउडकै सबैभन्दा सफल महानायक हुन् । 

अभिषेक बच्चनबाट कोरोना परिवारमा पुगेको दावी गरिएको छ । हालै अभिषेकको पहिलो वेब सिरिज ‘ब्रिद’ लन्च भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ