arrow

बलिउडका कसलाई लाग्यो अहिलेसम्म कोरोना, कसको घरमा पुग्यो ? 

logo
प्रकाशित २०७७ असार २८ आइतबार
bollywood-amitabh-rekha-anu.jpg

काठमाडौं। बलिउडका सबैभन्दा चर्चित सुपरस्टार अमिताभ बच्चनलाई कोरोना भाइरस भएको छ । त्यसैगरी उनका छोरा एवं अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस भएको छ । 

अमिताभले शनिबार साँझ ट्वीट गर्दै आफ्नो बारेमा जानकारी गराएका हुन् । यसअघि उनीहरुलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो । 

परिवारको नेगेटिभ
अमिताभको परिवारमा सबैलाई कोरोना भएको आशंका गरिएर परीक्षण गरिए पछि अमिताभ पत्नी जयालाई नेगेटिभ देखिएको छ भने 

बुहारी ऐश्वर्या राय र नातिनी आराध्याको रिपोर्ट आइतबार पोजेटिम देखिएको छ।

नानावटीमा क्रिटिकल केयर सर्भिसेजका निर्देशकडा अब्दुल एस अन्सारीले आइतबार मिडियालाई यसबारे जानकारी दिएका छन्। 

अमिताभको अवस्था पहिलेभन्दा अहिले सुधारोन्मुख भएको उनले बताएका छन्। 

अमिताभले सबैलाई कोरोना टेष्ट गराउन अपिल गरेका छन् । बितेको १० दिनमा उनको सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन आग्रह गरेका हुन् । 

अमिताभ कोरोनादेखि निकै डराएका थिए । सन् १९४२ अक्टुबर ११ मा जन्मिएका अमिताभमा ३८ वर्षदेखि दम, लिभर र किड्नीको समस्या रहेको छ । 

७७ वर्षका उनी बलिउडकै सबैभन्दा सफल महानायक हुन् । अभिषेक बच्चनबाट कोरोना परिवारमा पुगेको दावी गरिएको छ । 

रेखाको घरमा पनि छिर्यो कोरोना
अमिताभसंग रेखा र रेखासंग अमिताभ जोडिइरहन्छन् । यो नाम जीवनभर जोडिइरहने दावी गरिन्छ । 

रेखाले अमिताभलाई पति मानेकैले पनि उनले जीवनभर विवाह नगर्ने कसम खाएको बताइन्छ । 

अमिताभ अस्पताल भर्ना हुँदा रेखाको घरमा पनि कोरोना पुगेको छ । उनका सुरक्षा गार्डमा कोरोना पोजेटिभ भएको पाइएको हो । 

यससंगै उनको बीएमसीले बंगला सील गरिदिएको छ । रेखालाई पनि कोरोना टेष्ट गराइने बताइएको छ । 

रेखाको घर स्प्रिङ्स सी बान्द्रामा छ । त्यसको बाहिर दुई सुरक्षा गार्ड बस्छन् । एकलाई कोरोना भएको हो । 

गाडी पोजेटिभ पाइए पनि रेखालाई संक्रमण हुने सम्भावना कम छ । सुरक्षाकर्मीले बाहिरको सुरक्षा हेर्ने भएकाले भित्र सम्पर्क नहुने बताइएको छ । 

रेखा लकडाउनपछि घरमा नै लक्ड छिन् । 

उनको घरसंग अभिनेता शाहरुख खानको घर पनि जोडिएको छ । 

अनुपम खेरको परिवारलाई लाग्यो कोरोना

यता अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना भएको छ । उनकी आमा र भाइसमेत चार जना पोजेटिभ देखिएका छन् । 

यसअघि गायिका कनिका कपुरलाई कोरोना भए पनि निको भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ