arrow

अमिताभ नानावती अस्पतालमा, संक्रमणको ‘हल्का लक्षण’

logo
प्रकाशित २०७७ असार २८ आइतबार
Amitabh-Bachchan.jpg

मुम्बई । बलिउड महानायक अमिताभ बच्चन र उनका छोरासमेत रहेका कलाकार अभिषेक बच्चनलाई कोभिड–१९ संक्रमण पुष्टि भएपछि नानावती अस्पतालको आइसोलेसन वार्डमा उपचार सुरू गरिएको छ ।

उनीहरू दुबैजनाले आफुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छुट्टाछुट्टै ट्विटमार्फत पनि शनिबार जानकारी गराएका थिए । 

उनीहरू नानावती अस्पतालको आइसोलेसन वार्डमा भर्ना भई उपचार सेवा सुरू गरिसकेकको सन्देशमा उल्लेख छ । उनीहरूलाई संक्रमणको ‘हल्का लक्षण’हरू देखिएको बताइएको छ ।

संघीय सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले पनि बच्चनद्वय कोभिड–१९ संक्रमित भएको पुष्टि गर्दै भने, “७७–वर्षीय अमिताभ र छोरा अभिषेकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको र दुबै जनालाई अस्पताल भर्ना गरिएको साथै उहाँहरूको परिवारका अन्य सदस्य तथा कर्मचारीहरूको परीक्षणका लागि नमूना पठाइएको छ भने उनीहरूको नतिजा आइसकेको छैन ।” 

भारतको बढी प्रभावितमध्ये एक राज्य महाराष्ट्रको मुम्बईमा शनिबारसम्म कूल ९१ हजार ४५७ व्यक्ति कोभिड–१९ संक्रमित भएकोमा अझै २२ हजार ७७९ व्यक्तिले विभिन्न स्थानमा उपचार सेवा लिइरहेका छन् भने आइतबारसम्म पाँच हजार २४१ व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 बच्चनद्वय कोभिड–१९ संक्रमित भएको भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएसँगै फेसबुक र ट्वीटरलागयतका सामाजिक सञ्जालहरूमा उनीहरूको स्वास्थ्यलाभको कामनाका सन्देशहरूले भरिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ