arrow

३० रोटी खाने दुब्ला सलमान, अहिले सुँघ्दा बढ्छ वजन

logo
प्रकाशित २०७७ असार २८ आइतबार
salmans.jpg

काठमाडौं । बलिउडमा भाइजान भनेर चिनिने सलमान खान आफ्नो फिल्मका साथै फिटनेसका लागि पनि चिनिन्छन् । उनले धेरै स्टारहरुलाई ट्रेनिङ पनि दिएका छन् । ५४ वर्षको भइसकेका सलमान आफ्नो फिटनेसको मामिलामा निकै सचेत छन् ।

सलमान खान अहिले आफ्नो फिटनेसका लागि विभिन्न प्रयास गरिरहेको भिडियो तथा तस्वीर सार्वजनिक हुने गरेको छ । कुनै समय यस्तो पनि थियो, जतिबेला सलमान खान निकै दुब्ला थिए । उनी आफ्नो तौल बढाउन फिल्म सेटमा नै ३०-३० रोटी खान्थे ।

सलमान बलिउड प्रवेश गर्दा निकै दुब्ला थिए । एक अन्तर्वार्ताको क्रममा उनले आफूले त्यतिबेला तौल बढाउन ठूलो संघर्ष गरेको उल्लेख गरेका छन् । उनले मैंने प्यार किया फिल्मको सेटमा ३० रोटी र उल्लेख्य केरा पनि खान्थे ।

तर, अहिलेको अवस्था भने फेरिएको छ । उनी अहिले खाना सुँघेमा पनि वजन बढ्ने गरेको बताउँछन् । अहिले निकै सम्हालिएर खाना खाने गरेको उनले बताए । उनले सुल्तान र भारत फिल्मका लागि निकै कम समयमा वजन घटाउने र बढाउने दबाब पूरा गरेको उनले बताए ।

 त्यसका लागि उनले १५ किलो तौल बढाउने र घटाउने प्रयास गर्नुपरेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ