अन्तराष्ट्रिय नेपाली साहित्य समाजको महासचिवमा युरोपबाट स्पन्दनको उम्मेदवारी
प्रकाशित २०७७ असार २८ आइतबार
979
Shares
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रीय महासचिवमा साहित्यकार स्पन्दन बिनोदले उम्मेदवारी दिएका छन्। समाजको यही(१७ देखि १९) जुलाईमा हुने केन्द्रीय अधिबेशनका लागि युरोपेली मुलुक पोर्चुगलबाट स्पन्दनले महासचिव पदमा उम्मेदवारी दिएका हुन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलका अध्यक्ष समेत रहेका स्पन्दनले (२०२०–२०२२) कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन्।
समाजको नेतृत्व तहमा रहेर नेपाली भाषा, कला र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार, प्रचार र प्रर्बद्धन गर्ने योजनाका साथ आफूले महासचिव पदमा उम्मेदवारी दिएको स्पन्दनले बताएका छन्। समाजको बृहत्तर हित र संस्थागत सुदृढिकरणका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए।
आगामी नयाँ नेतृत्वले नेपाली भाषा, कला र साहित्यको क्षेत्रमा धेरै काम गर्नुपर्ने खांचो रहेको बताउंँदै स्पन्दनले आफू ठोस योजना र कार्यक्रम लिएर चुनावी मैदानमा होमिएको स्पष्ट पारे। नेपाली भाषा र साहित्यलाई अन्तराष्ट्रिय स्तरमा स्थापित गर्ने र साहित्यीक क्षेत्रमा तन, मन, वचन र कर्मले निस्वार्थ समर्पित हुने अठोटका साथ महासचिव पदमा उम्मेदवारी दिएको हो,–स्पन्दनले भने।
स्पन्दनले साहित्यकारहरुको प्रोत्साहन र अग्रजहरुको सम्मानका लागि बिभिन्न कार्यक्रम गर्ने, साहित्यीक सम्मेलनको आयोजना गर्ने, साहित्यीक गोष्ठी, अन्तरक्रिया लगायतका रचनात्मक कार्यक्रमहरु गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन्। “साहित्यीक संस्थामा देखा परेका बिकृती, बिसंगती र गलत प्रवृत्तीको अन्त्यका लागि मेरो उम्मेदवारी हो’–उनले भने। ‘संस्थामा राजनितीको अन्त्य र समाजलाई बिशुद्ध साहित्यिक संस्थाको रुपमा बिकास गर्ने मेरो उद्धेश्य हो।”
उम्मेदवारी दिए संगै स्पन्दनले बिश्वभर छरिएर रहेका साहित्यनुरागीहरुको जीवन बिमाको ब्यबस्था र निःशुल्क उपचारका लागि पहल गर्ने योजना समेत अघि सारेका छन्। अनेसास केन्द्र र च्याप्टरको सम्बन्ध सुमधुर बनाउने संकल्पका साथ आफूले महासचिव पदमा उम्मेदावरी दिएको उनले बताए।
अनेसास पोर्चुगलमा आवद्ध भई सचिव, महासचिव हुँदै हाल अध्यक्षका रुपमा समेत नेतृत्व सम्हालीरहेका स्पन्दनले सांगठनीक नेतृत्वको अनुभव समेत बटुलीसकेका छन्। स्पन्दनका गजल संग्रह ‘अविरल स्पन्दन’ र ‘भिजाएर गयौं’ प्रकाशित छन्।