arrow

अन्तत: डिल्मालाई महाअभियोग लगाएर राष्ट्रपतिमा मिशेल टेमेयर

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
dilma-russef-temor.jpg.jpeg
ब्रासिलिया। ब्राजिलका अन्तरिम राष्ट्रपतिमा मिशेल टेमेयर नियुक्ति भएका छन् । निवर्तमान राष्ट्रपति डिल्मा रुसेफविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावमाथि गत बुधबार भएको २० घण्टासम्मको छलफलपछि सो प्रस्ताव पारित भएको थियो र डिल्मालाई निलम्बन गरिएको थियो । 
 
डिल्मालाई निलम्बन गरिएपछि उपराष्ट्रपति टेमेयरलाई राष्ट्रपतिको पदभार सुम्पिएको छ । करिब एक महिना अघि रुसेफमाथि संसदको तल्लो सदन–‘च्याम्बर अफ डेप्युटिज’ का दुई तिहाई भन्दा बढी सांसद अर्थात ३४२ जनाले महाअभियोग लगाउनुपर्ने पक्षमा मतदान गरेका थिए । 
 
यस मतदानको परिमाणले राष्ट्रपतिमाथि लागेको महाअभियोग प्रमाणित गर्न र पदबाट निष्कासन गर्ने बाटो खुलेको थियो । संसदले राष्ट्रपतिमाथि महाअभियोग लागेको औपचारिक घोषणा गर्न महाअभियोग प्रक्रिया अघि बढाउदै डिल्मालाई निलम्बन गरिएको छ । ब्राजिलमा राष्ट्रपति महाअभियोग प्रमाणित हुन संसदको दुई तिहाई मत आवश्यक छ । सो मतको परिणामस्वरुप वर्तमान राष्ट्रपति रुसेफ निष्कासित भएकी हुन् । 
 
सत्तारुढ वर्तमान गठबन्धन सरकारबाट पहिल्यै छोडिसकेका उपराष्ट्रपति मिशेल टेमयरलाई राष्ट्रपतिको पदभार सुम्पिइएको हो । उपराष्ट्रपति टेमर ब्राजिलको डेमोक्र्याटिक मुभमेन्ट पार्टीका अध्यक्षसमेत थिए । निवर्तमान राष्ट्रपति रुसेफको दल वर्कर्स पार्टी (पिटी) का कट्टर समर्थकहरूले राष्ट्रपति रुसेफ स्वयमले यसलाई ‘सैन्य कू’ सरहको संज्ञा दिएका छन् । यता नयाँ राष्ट्रपति मिशेल टमेयरले देशबासीलाई सम्बोधन गर्दै एक ढिक्का भएर आफूलाई समर्थन गर्न अग्रह गरेका छन् । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ