arrow

पेट्रोलियम पदार्थको मूल्य स्वचालित मूल्य प्रणाली अनुसार समायोजन : कार्यकारी निर्देशक पौडेल

logo
प्रकाशित २०७७ असार २८ आइतबार
surendra-kumar-poudel-noc.jpg

काठमाडौं। नेपाल आयल निगमले गत शुक्रबार रातीदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भनेर बिरोध भइरहेको अवस्थामा आइतबार पत्रकार सम्मेलन गरेर स्वचालित मूल्य प्रणाली अनुसार समायोजन मात्र गरिएको दावी गरेको छ।

निगमले आइतबार पत्रकार सम्मेलन गरी स्वचालित मूल्य प्रणाली कुल्चेर मूल्य वृद्धि नगरेको दावी गरेको हो। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले चालु आर्थिक वर्षमा १० पटक मूल्य समायोजन गरेको भन्दै पछिल्लो समय स्वचालित मूल्य प्रणाली अनुसार नै मूल्य समायोजन गरेको बताए।

असार महिनामा समग्रमा निगमलाई ५० लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरेसगै निगमले उपभोक्तामूखी भएर पेट्रोलियम पदार्थको मूल्य हल्का बढाइएको बताए। यद्यपि भारतीय आयल कर्पोरेसन (आइओसी) बाट १५ दिनको अन्तरालमा आउने मूल्य सूचीमा फेरि घटबढ भए निगमको घाटामा घटबढ हुने सम्भावना हुन्छ। 

समग्रमा चालु आर्थिक वर्षमा निगम करिब १० अर्ब नाफामा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। पछिल्लो समय निगमले काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १ सय २ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको मूल्य ८८ रुपैयाँ प्रतिलिटर पुर्याइएको छ। साथै नेपालमा भन्दा भारतमा पेट्रोलियम पर्दाथको मुल्य सस्तो भएको कारण चोरी निकासी हुने भएकाले पनि मुल्य बढाउनु परेको निगमको भनाई छ।

यसअघि गत १६ असारमा मूल्य वृद्धि गरेको निगमले काठमाडौंमा पेट्रोलको मूल्य १ सय १ रुपैयाँ प्रतिलिटर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैया कायम गरेको थियो।

गत चैत ११ गते लकडाउन सुरु भएको केही दिनमै निगमले पेट्रोलियमको मूल्य घटाएर ९६ रुपैयाँ प्रतिलिटर पुर्याएको थियो। लकडाउन खुकलो भएसँगै सवारी साधन चल्न थालेपछि निगमले विस्तारै मूल्य बढाउँने रणनीति लिएको कतिपयको आरोप छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ