arrow

चिटिक्क कोरोना आईसोलेसन केन्द्र

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ असार २९ सोमबार
corona-isolation-center-mug.jpg

मुगु । नयाँ भवन छ, भवनका कोठाहरुमा वेड छन्। प्रत्येक वेडहरुको छेउमा डस्विन राखिएको छ। वेडको सिरानीमा व्यक्तिगत सरसफाईमा प्रयोग हुने सामग्रीहरु राखिएका छन् । खुल्ला चौर एकान्त ठाँउ चौरमा महिला पुरुषका लागी छुटटा छुटटै शौचालय र स्नानकक्ष छन्। यो दृश्य कुनै होटेल, अस्पतालको जस्तो लागे पनि यो दृश्य जिल्ला विपत व्यवस्थापन समितिले मुगु जिल्लामा भविष्यमा कोरोना संक्रमित व्यक्तिहरुलाई राख्न बनाएको प्रारम्भिक आईसोलेसन केन्द्र मुगुको हो ।

जिल्ला विपत व्यवस्थापन समितिले आईसोलेसन केन्द्र व्यवस्थापनको जिम्मा नेपाल रेडक्रस सोसाईटी मुगु शाखालाई दिएपछि शाखाले दाताहरुको विभिन्न आवश्यक सामानहरुको सहयोगमा जिल्ला सदरमुकाम गमगढीमा ५७ वेडको प्रारम्भिक आईसोलेसन केन्द्र बनाएको हो।

जिल्ला कारागार कार्यालयका नवनिर्मित भवनहरुमा बनाईएको उक्त आईसोलेसन केन्द्रमा कोरोना संक्रमण पोजेटिभ देखिएका तर कुनै लक्षण नदेखिएका सामान्य व्यक्तिहरुलाई प्रारम्भिक आईसोलेसनका लागी राखिनेछ भने जटिल तथा लक्षण देखिएका कोरोना संक्रमितलाई जिल्ला अस्पताल मुगु र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाईने योजना रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए।

प्रजिअ निरौलाले यस्तो सफा चिटिक्क तथा आवश्यक सबै सामान रहेको प्रारम्भिक आईसोलेसन केन्द्र बल्ला भन्ने आश गरेका थिएनौ । उनले भने, ‘विपत, महामारी संकटमा उद्धार, राहतको क्षेत्रमा काम गर्दै आएको रेडक्रसले पाएङ्को जिम्मेवारी अनुसार विभिन्न निकायहरुको सहयोगमा सोचे भन्दा चिटिक्क सुविधायुक्त प्रारम्भिक आईसोलेसन केन्द्र बनाउनु भएछ।‘

आईसुलेसन केन्द्र व्यवस्थापनको संयोजकको जिम्मा पाउनु भएका नेपाल रेडक्रस सोसाईटी मुगु शाखाका सभापती जय बहादुर मल्ल विपत व्यवस्थाप समितीले आफुलााई यो संवेदनशिल र महत्वपुर्ण जिम्मेवारी दिएपछि दिन रात नभनी स्वमंसेवक साथीहरुको सहभागीता प्रारम्भिक आईसुलेसन केन्द्र बनाउन सकिएको सुनाए ।

विपत व्यवस्थापनका लागी प्रदेश सरकारबाट जिल्ला विपत समितीमा प्राप्त ५० लाख मध्येबाट १० लाख प्रशासन कार्यालयले एम्वुलेन्स खरिद गर्नेछ भने ५ लाख जिल्ला अस्पताललाई भिटिएम कीट खरिद र ५ लाख रेडक्रस मुगुलाई दिइएको छ।

जिल्लाको विकट सोरु गाँउपालिकामा पनि २० वेडको आईसोलेसन केन्द्र बनाईएको छ । वडा नं २ मा रहेको जन ज्योती माद्यामिक विद्यालयलाई आईसुलेसन केन्द्रको रुपमा तयार पारिएको छ ।

मुगुमा कोहि संक्रमित भएमा उनीहरुलाई राख्न जिल्लाका चार वटै स्थानिय तहहरुमा गरि १ सय १२ बेड क्षमताका प्रारम्भिक आईसुलेसन केन्द्र बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ