arrow

सुदूर पश्चिमाञ्चल साहित्य समाजद्वारा २० श्रष्टा सम्मानित

जसुदा पत्रकारिता पुरस्कार पत्रकार शिवराज योगीलाई

logo
प्रकाशित २०७७ असार २९ सोमबार
sudur-pachhimanchal-sahitya.jpg

धनगढी । सुदूर पश्चिमाञ्चल साहित्य समाजले विभिन्न क्षेत्रका २० श्रष्टालाई सम्मान गर्ने भएको छ । समाजले गठन गरेको मुल्यांकन समितिको सिफारिसका आधारमा आइतबार यस वर्ष (२०७६) का लागि २० जनालाई सम्मान तथा पुरस्कार गर्ने निर्णय सार्वजनिक गरेको हो । 

समाजका महासचिव हरिकृष्ण कडायतद्वारा जारी विज्ञप्ति अनुसार यस वर्षको बद्री कष्णा बाङमय पुरस्कारद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा साहित्यकार वैरागी काइँलालाई पुरस्कृत गरिने छ । उक्त पुरस्कारको राशी एक लाख ११ हजार रहेको छ । 

त्यस्तै प्रभास राजलक्ष्मी उत्कृष्ट कृति पुरस्कार पोखराका साहित्यकार सरुभक्तको प्रतिगन्धलाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त पुरस्कारको राशी ५० हजार रहेको छ । 

समाजले सुदूर पश्चिमाञ्चल साहित्य पुरस्कारबाट डा महादेव अवस्थीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सो पुरस्कारको राशी २५ हजार रहेको छ । 
यस वर्षको जयराज पन्त लोक साहित्य पुरस्कार प्राडा चूडामणि बन्धुलाई प्रदान गर्ने निर्णय समाजले गरेको छ । सो पुरस्कारको राशी २५ हजार रहेको छ । 

त्यस्तै एकराम इनिता भीम साहित्य पुरस्कारबाट डा तुलसीप्रसाद भट्टराईलाई पुरस्कृत गर्ने भएको छ । उक्त पुरस्कारको राशी पनि २५ हजार रहेको छ । 

यस वर्षको प्रभास राज्यलक्ष्मी प्रादेशिक पुरस्कारबाट जगतगुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्यलाई पुरस्कृत गर्ने भएको छ । सो पुरस्कारको राशी २५ हजार रहेको समाजले जनाएको छ । 

श्रीलोचन साहित्य पुरस्कारबाट पोखराका तीर्थ श्रेष्ठ पुरस्कृत हुने भएका छन् । उनलाई २५ हजार नगद प्रदान गरिनेछ । 
यस वर्षको प्रभास राजलक्ष्मी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार मनमोहन स्वारलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशी २१ हजार रहेको छ । 

यस वर्षको जसुदा पत्रकारिता पुरस्कारद्वारा पत्रकार शिवराज योगी पुरस्कृत हुने भएका छन् । उनलाई ११ हजार नगदसहित सम्मानपत्र प्रदान गरिने साहित्य समाजले जनाएको छ । 

देवकान्त पन्त राष्ट्रिय लोकसाहित्य पुरस्कारबाट बझाङका डा लक्ष्मीराज पण्डित पुरस्कृत हुने भएका छन् । उनलाई ११ हजार प्रदान गरिने छ । 

देवकान्त पन्त प्रतिभा पुरस्कारबाट अछामका लक्ष्मण कुँवर पुरस्कृत हुनेछन् । उनलाई ११ हजार प्रदान गरिने छ । ११ हजार राशीसहित विष्णुदास यज्ञ साहित्य पुरस्कारबाट यस वर्ष विराटनगरका विवश पोखरेल पुरस्कृत हुने भएका छन् । 

गणेश स्मृति हेमन्ती साहित्य पुरस्कारबाट कैलालीकी ईन्दु चौधरी पुरस्कृत हुने भएकी छिन् । बझाङका सोझो गाउँलेलाई ११ हजार राशीसहित प्रतिभा श्री सम्मान प्रदान गर्ने निर्णय गरिएको छ । 

प्रभास राजलक्ष्मी युवा प्रतिभा पुरस्कारबाट यस वर्ष विवेक ओझा र ललित बिष्टलाई संयुक्त रुपमा पुरस्कृत गरिने निर्णय गरिएको छ । पुरस्कारको राशी ११ जार हुनेछ । 

११ हजारसहित जसुदा साहित्य पुरस्कारबाट कञ्चनपुरका राज सरगम पुरस्कृत हुने भएका छन् । त्यस्तै जसुदा शिक्षा पुरस्कारबाट ११ हजार नगदसहति धर्मदेव भट्ट पुरस्कृत हुने भएका छन् । 

दार्चुलाकी चाँदनी मल्ललाई ११ हजारसहित जसुदा संगीत पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । जसुदा समाजसेवा पुरस्कारबाट ११ हजारसहित कञ्चनपुरकी शारदा चन्दा पुरस्कृत हुने भएकी छिन् । 

जसुदा संस्कृति पुरस्कारबाट यस वर्ष ११ हजार राशीसहित बैतडीका एमके सलेनी पुरस्कुत हुने समाजका महासचिव कडायतले बताएका छन् । 

पुरस्कृत सम्पूर्ण स्रष्टाहरुलाई देशको परिस्थिति अनुकुल हुनासाथ नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिने समाजले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ