arrow

सांसद आचार्यको पहलमा रसुवाका ५ सय जनालाई निःशुल्क कोरोना बीमा

logo
प्रकाशित २०७७ असार ३० मंगलबार
mohan-acharya-mp-congress.jpg

रसुवा। रसुवाका सांसद मोहन आचार्यले आफ्नो निर्वाचन क्षेत्रका ५ सय ८ स्थानीय पेशाकर्मीको निःशुल्क कोरोनाबीमा गराएका छन्। सांसद आचार्यले स्वास्थ्यकर्मी, पुलिस, पत्रकार तथा राजनीतिक दललमा आवद्ध व्यक्तिहरुको निःशुल्क कोरोना बीमा गराएका हुन्।

कोरोना बीमा एनएलजी इन्स्योरेन्स मार्फत गरिको छ। प्रतिव्यक्ति १ लाख रुपैयाँ बिमाङ्क बराबरको कोरोना बीमा गरादा सांसद आचार्यले ३ लाख रुपैयाँ बराबरको बीमा शुल्क दिएका छन्।

बीमा समितिले प्रतिव्यक्ति ५० हजार र १ लाख रुपैयाँ गरी दुई प्रकारका कोरोना बीमा लेख जारी गरेको छ। समाजमा अग्रपंतीमा रहेर काम गर्नुपर्ने विभिन्न पेशाकर्मीको मनोबल उच्च बनाउने उद्दश्यले निःशुल्क बीमा गराएर पहल गरिएको सांसद आचार्यले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ