arrow

सिमकोट अन्धकार, बिद्युत पावर हाउसको डिसि सप्लाईमा समस्या 

logo
जनकबहादुर शाही, 
प्रकाशित २०७७ असार ३० मंगलबार
electiric-machine.jpg

हुम्ला । हिल्दुम बिद्युत बितरण केन्द्रको विद्युत उत्पादन गर्ने मेसिनमा खरावी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोट अन्धकार बनेको छ । 

जिल्ला सदरमुकाम सिमकोट लगायत खार्पूनाथ गाउँपालिकामा विद्युत आर्पुर्ति गर्दै आएको ५०० किलो वाट क्षमता भएको हिल्दुम विद्युत बितरण केन्द्रको डिसि पावर सप्लाईमा समस्या आए पछि २ दिनदेखि बिद्युत बन्द भएको हो । 

बितरण केन्द्रको पावर हाउसमा रहेका  २५० वाटका दुई वटा मेसिनको डिसि पावर सप्लाईमा खराबी आएपछि विद्युत उत्पादन नहुँदा सिमकोट लगायतका गाउँहरु अन्धकार भएकोे हिल्दुम बिद्युत वितरण केन्द्रले जनाएको छ ।

 आईतबारदेखि सिमकोटमा विद्युत आपुर्ति अवरुद्ध भएपछि असार मसान्तमा विकासे बजेट भुक्तानी गरिरहेका जिल्ला सरकारी कार्यालयलाई काम गर्न समस्या भएको छ । अनलाइन मार्फत भुक्तानीको व्यस्था भएकाले वत्ति नहुँदा सरकारी कामकाजमा समस्या भएको सर्केगाड गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताए ।  

अहिले सबै गाउपालिकामा बिभिन्न बैंकका शाखामा स्थापना गरिएका छन तर ति शाखाहरुमा जहिले पनि ईन्टरनेट सेवा र रकमको अभाव हँुदा भुक्तानीका लागि सदरमुकाम सिमकोटमा आउनु पर्ने बाध्यता रहेको अधिकृत शाहीले बताए । सदरमुकाम आएर काम गरौला भनेको त झन् यहाँ बत्ती नहुँदा भुक्तानीमा निकै समस्या भएको उनले गुनासो गरेका छन् । 

विद्युत् अवरुद्ध भएपछि  सरकारी कार्यालयको काम मात्रै रोकिएन  सदरमुकाम सिमकोटमा सञ्चालित इलोक्ट्रोनिक्स व्यवसाय र स्थानीय सञ्चारमाध्यम बढी प्रभावित भएका छन । बिद्युत रुद्ध भएपछि जिल्लामा रहेका २ वटा रेडियोमध्ये रेडियो कर्णालीले आफ्नो प्रशारण बन्द गरेको छ भने रेडियो कैलाशले  प्रशारण समयावधि घटाएको छ । 

सिमकोट बजार दुई दिनदेखि अन्धकार हुदा सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयलाई समस्या काम गर्न भएको छ  । विद्युत मर्मतका लागि पावर हाउस पुगेको बितरण केन्द्रको प्राविधिक टोलीले मेसिनमा आएको समस्या पत्ता लगाए पनि  विद्युत सूचारु भने गर्न नसिकएको  हिल्दुम बिद्युत बितरण केन्द्र हुम्लाका निमित्त प्रमुख मीनबहादुर कार्कीले बताए । 

पावर हाउसमा रहेको विद्युत उत्पादन गर्ने मुख्य जेनेटरको डिसि पावर सप्लाईले काम नगर्दा आइतबार बिहान ११ बजेबाट विद्युुत अवरुद्ध भएको हो ।

सात वटा स्थानीय तह रहेको हुम्लामा  अहिले आर्थिक बर्षको अन्तिममा  आएर ५ वटा स्थानीय तहका पदाधिकारी आयोजनाको रकम भुक्तानीका लागि सदरमुकाम आएकाले एक सालतमामको चटारो यसैमा भएन भनेर विद्युत अबरुद्ध हुदा पछिल्लो समय सबै प्रक्रियागत कागजात अनलाइनबाटै गरिने भएकाले भुक्तानी दिन समस्या भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्ला हुमलाका कोष नियन्त्रक नरेशराज भट्टले बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ