arrow

कांग्रेसको बहिस्कारबीच रंगेलीको नगरसभा बहुमतले पारित

logo
किरण न्यौपाने, 
प्रकाशित २०७७ असार ३० मंगलबार
rangeli-nagarpalika-4th.jpg

रंगेली । रंगेली नगरपालिकाले चौथो नगरसभाबाट आर्थिक वर्ष २०७७–७८ को निति तथा कार्यक्रम बजेट ल्याएको छ । नगरसभाले बहुमतको आधारमा कुल ६१ करोड २७ लाख रुपैयाँको नीति तथा कार्यक्रम ल्याएको हो । 

बहुमतको आधारमा पारदर्शिता र छलफल नै नगरी एकलौटी रुपमा बजेट ल्याएको भन्दै नेपाली काँग्रेसले नगरसभा बहिस्कार गरेको छ । 

सभाले बहुमतको आधारमा नीति तथा कार्यक्रम ल्याएपछि नेपाली कांग्रेसले नगरसभा चलिरहेकै बेला नाराबाजी र विरोध समेत गरेको थियो । 

नगरसभाको पक्षमा नेकपा र जनता समाजवादी पार्टी उभिएको छ । नौं वटा वडा रहेको रंगेलीमा नेकपाका ४ जना वडा अध्यक्ष सदस्यसहित २० जना र जनता समाजवादी पार्टीका २ जना वडाअध्यक्ष सहित १० जना सदस्यहरु रहेका छन् । 
नगरसभा बहिस्कार गरेका नेपाली कांग्रेसका ३ जना वडाअध्यक्षसहित १५ जना नगरसभा सदस्यहरु रहेका छन् । 

सभामा उपमेयर केशव कुमारी खरालले बजेट प्रस्तुत गरेका थिए । नगरसभामा रंगेली नगरपालिकाको गत वर्ष भन्दा १४ करोड कमको नीति तथा कार्यक्रम आएको छ । गत वर्ष नगरसभाले रंगेलीको बजेट ७५ करोड ५६ लाख रुपैयाँको ल्याएको थियो ।

सभाले वडास्तरीय पूजीगत खर्चका लागि २ करोड २५ लाख, नगरस्तरीय पूजीगत योजनाका लागि १ करोड ६७ लाख, प्रशासनिक खर्च तर्फ १३ करोड १० लाख, विपद तथा कोरोना कोषमा १ करोड, मर्मत कोषमा १ करोड, संघिय सरकार ससर्त अनुदानतर्फ २९ करोड ८४ लाख, सामाजिक सुरक्षातर्फ १४ करोड, भैपरी पुँजिगत खर्च १ करोड, कोल्ड स्टोर सोधभर्नाका लागि ८८ लाख रुपैयाँ, लक्षित वर्ग विषयगत खर्चतर्फ ४ करोड ११ लाख ४७ हजार रुपैयाँ छुट्याएको छ ।

सभाले कृषि विकास कार्यक्रमका लागि ९७ लाख, स्वास्थ्य सेवा प्रवद्र्धन कार्यक्रम तथा रंगेली अस्पतालको सुुदृढिकरणको लागि १ करोड ३१ लाख, शैक्षिक गुणस्तर अभिवृद्धि योजनाका लागि १ करोड ४ लाख, पशुपक्षी प्रवद्र्धन तथा विकास कार्यक्रमका लागि ७७ लाख, महिला, बालबालिका अपाङ्गगत तथा लक्षित वर्गका लागि ५० लाख, सहकारी विकास कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरसभाले संघिय सरकारले अबलम्वन गरेको आर्थिक तथा वित्तीय नीतिहरु तथा स्थानिय सरकार सञ्चालन ऐन, नेपालको संविधानमा उल्लेखित मौलिक हकहरु र स्थानीय समस्याहरुलाई आधार बनाएर जनसहभागीता मुलक योजनालाई बजेटले जोड दिँदै बजेट ल्याएको छ ।  

बजेटले रंगेली नगरभित्रका प्रत्येक टोलमा कृषक समुह तथा कृषि सहकारी संस्था निर्माण, खेतियोग्य जमिनमा साना कुलो र भुमिगत सिचाई व्यवस्था गर्ने, सहकारी एकिकरणका लागी प्रोत्साहन, प्राविधिक शिक्षा विद्यालयलाई प्रोत्साहन, उत्कृष्ट कार्य सम्पादन गर्ने सामुदायिक र निजी विद्यालय तथा शिक्षकहरुलाई पुरस्कृत गरिने, सबै माविमा सूचना प्रविधि सहितको शिक्षाको व्यवस्थापन, विद्यालयमा विद्युतीय हाजिरी तथा शिक्षक र विद्यार्थीहरुमा लकबुक व्यवस्था, बवियाविर्ता र रंन्जनी स्वास्थ्य चौकीमा ल्याब सेवा, नगरस्तरीय एम्बुलेन्स खरिद, रंगेली अस्पताललाई ५० शैयाको प्रदेशिक अस्पतालका लागि पहल गरिने, कोरोना कार्यक्रमलाई निरन्तरता, सडक बत्ती, नगररिङ्ग रोड, खानेपानी ओभरहेड टेंकी निर्माण, वडाको भवन निर्माण योजनालाई निरन्तरता, डिपीआर अुनसारका योजना सुचारु गर्नका लागी पहल , मलङ्गथान सिमसार क्षेत्रलाई पर्यटकिय बनाउने, संसारीमाई स्थानको पुर्वाधार विकास पहल, नगरभित्रका विद्यालय, कलेजको १०० मिटर क्षेत्रमा मदिरा निषेध, निजी बन लगाउनेलाई प्रोत्साह, गुनासो तथा उजुरी पेटीका राखेर गुनासो सुनवाई गरिने लगायतका मुख्य योजना बजेटले समेटेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ