arrow

शिव बोहराको पहिरोमा परी मृत्यु

logo
प्रकाशित २०७७ असार ३० मंगलबार
bajura-district.png

बाजुरा । जिल्लाको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका–३ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । 

बूढीनन्दा–३ मेलढुस्काका ७२ वर्षीय शिव बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिनुभएको छ ।
 
सोमबार मेलढुस्का काप्कोट सडकको बीचमा गोरु चराउन गएका बेला माथिबाट आएको पहिरोमा परी बोहराको मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताए । 

थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गइसकेको जिप्रका बाजुराले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ