arrow

कृषकलाई व्यवसायमा आकर्षित गर्न फलफूलका बिरुवा वितरण

logo
प्रकाश बम,
प्रकाशित २०७७ असार ३० मंगलबार
botberuwa.jpg

डोटी । डोटीमा कृषकहरुलाई व्यवसाय तर्फ आकर्षित गर्न एक संस्थाले ५ हजार बोटबिरुवा वितरण गरेको छ। कृषकहरुको समस्यालाई मध्यनजर गर्दै मानवीय सेवामा अनेकौं प्रयास नामक संस्थाले फलफूलका बोटबिरुवा वितरण गरेको हो।

जिल्लाका शिखर नगरपालिका र पुर्बी चौकीगाउँ पालिकाका कृषकहरुलाई वितरण गरेको जनाएको छ। शिखर नगर पालिकाका फलफूलका बोटाहरु उप प्रमुख धौली देबि रावललाई हस्तान्तरण गरेको संस्थाका अध्यक्ष भत्तराज जोशीले जानकारी दिए ।  हस्तान्तरण कार्यक्रममा बोल्दै उप -प्रमुख रावलले संस्थाले गरेको कार्य कृषकहरुको लागि उदाहरणीय रहेको बताउदै,आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता लागी जोड गरे।

हस्तान्तरण गरेका फलफूलका बोटाहरु नगर भित्रका पाँच वटा समुहका १४० जना कृषकहरुलाई  प्रती ब्यक्ति १० बोटा आँप र १० बोटा  लिची वितरण गरेको उप प्रमुख रावलले जानकारी दिइन् । 

त्यस्तै पुर्बी चौकी गाउँपालिकाको वडा ३ का वडा अध्यक्ष अम्मर बहादुर चयडालाई हस्तान्तरण गरेको जनाएको छ। हस्तान्तरण कार्यक्रम बोल्दै अध्यक्ष चयडाले बोटविरुवा रोप्नको लागि यो उपयुक्त महिना रहेको बताउदै , वितरण गरेका बोटाहरु संरक्षण गर्न समेत कृषकहरुलाई सुझाए। पुर्बी चौकीगाउँ पालिकाको वडा नम्बर ३ का ११० जना कृषकलाई  प्रती ब्यक्ती बीस बोट वितरण गरिएको जनाएको छ। वडालाई ४०० /४००सय  वोट आँप, लिची  र ७०० /७०० सय वोट कागती र चुकका वोटा वडालाई हस्तान्तरण गरेको संस्थाका अध्यक्ष जोशीले जानकारी दिए।

केयर एण्ड रिलिफ परियोजनाको आयआर्जन तथा उद्यमशिलता  कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका बोट बिरुवा वितरण गरेको अध्यक्ष जोशीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ