arrow

आईपीएल क्रिकेट: पञ्जाबद्वारा मुम्बई पराजित

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
IPL_Stoinis.jpg.jpeg
काठमाडौं। किङ्ग्स ईलेवन पझ्जाबले मुम्बई ईण्डियन्सलाई ७ विेकटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई पञ्जाबको कसिलो बलिङका सामु खेलर खेल्न सकेन र १२४ रन मै समेटिएको थियो। 
 
मुम्बईकालागि केयरन पोलार्डले सार्वाधिक २७ रन बनाएका थिए। आफ्नो पारीमा उनले ३ छक्का प्रहार गरेका थिए। त्यसैगरि नितिश राणाले २५ रन बनाएका थिए। पञ्जाबका मार्कस स्टोईनिसले कसिलो बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिएका थिए भने सन्दिप शर्माले ४ ओभरमा ११ रन दिंदै २ विकेट हात पारेका थिए।
 
मुम्बई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२४ रन मात्र बनाउन सफल भएको थियो। पञ्जाबबाट कसिलो बलिङ गर्ने क्रममा मोहित शर्माले पनि २ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको पञ्जाबलाई पहिलो ओभरमै झट्का लागेको थियो। टिमको स्कोर १ रन हुँदा ओपनर हासिम अमला खाता नखोली आउट भएका थिए। त्यसपछि कप्तान मुरली बिजय र ऋद्दीमान शाहले ११६ रनको साझेदारी गर्दै आफ्नो टोलीको बिजय सुनिश्चित गरेका थिए। 
 
शाहले ४० बलमा ५६ रन बनाएका थिए भने बिजयले आउट नभई ५४ रन बनाएका थिए।ग्लेन म्याक्सवेल पहिलो बलमै आउट भएका थिए। मुम्बईका मिचेल मक्लेनाघनले २ विकेट लिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ