arrow

जिल्ला भित्रिदै गरेको अबैध चिनियाँ मदिरा बरामत

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ असार ३० मंगलबार
madira.png

हुम्ला। जिल्ला भित्रिदै गरेको ५१ कार्टुन अबैध चिनियाँ मदिरा प्रहरीले बरामत गरेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग नाका जोडिएका सिमकोट गाउँपालिका १ नम्बर वडामा पर्ने दोजामको चुवाखोला नाकाबाट सिमकोट ल्याउने क्रममा गस्तीमा रहेको प्रहरीले चिनीयाँ अबैध मदिरा बरामद गरेको हो। 

चुवाखोला नाकाबाट लुकाइछिपाई भित्र्याउन लागेको मदिरा गत बर्षनै आयात गरेर नेपाली भुमीमा लुकाएर राखेको हुन सक्ने स्थानियको दावी छ। सिमकोट गाउँपालिकाको वडा नम्बर १ को चुवाखोला नाकाबाट हुम्ला जिल्ला भित्रिदै गरेको ५१ कार्टुन अबैध चिनियाँ मदिरा गस्तीमा रहेको प्रहरी चौकी  दोजामको टोलीले बरामत गरेको हुम्लाका प्रहरी प्रमुख डिएसपि सुर्य प्रसाद सुबेदीले बताए । 

चीनसंगको नाका चुवाखोलाबाट सो मदिरा भित्रिएको आशंका प्रहरीले गरेको छ । उक्त कार्टुनमा ३ लाख ६७ हजार दुई सय नेपाली रुपैया बराबरको ६१२ बोतल मदिरा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मदिरा ओसार्ने ब्यक्ति भने फेला फारेको छैन । सोको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
बरामत गरिएको मदिरा सदरमुकाम सिमकोट पुर्याई सबै सरोकारवालाको रोहबरमा नष्ट गरिने छ।

चुवाखोला नाका मात्र होईन नाम्खाको हिल्सा, लिमीको टाक्ची र चंखेलीको टाके नाकाबाट वर्षेनी करोडौंको अबैध चिनीयाँ मदिरा भित्रिने गरेको छ । यसरी अबैध मदिरा बर्षेनि जिल्लामा आयात गरिन्छ । मदिरा पनि बरामत हन्छ तर अबैध मदिराको कारोकार गर्ने ब्यक्ति कहिल्यै सार्बजनिक नहुदा यस्ता अबैध काम झन बढेको सिमकोट १ का वडा अध्यक्ष ताराबहादुर लामाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ