arrow

ओली घुससहित पक्राउ

logo
सौरभ गिरी,
प्रकाशित २०७७ असार ३१ बुधबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

नेपालगञ्ज । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत हुकुम बहादुर ओली घुससहित पक्राउ परेका छन् ।

ठेक्कापट्टाको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीबाट ९६ हजार तीन सय रुपैयाँ घुस लिदै गर्दा ओलीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिए ।

ओलीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको गैरेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ