arrow

घटालबाबालाई सुटुक्क चार बोकाको बली दिएर फर्किए लेखराज भट्ट

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार ३१ बुधबार
lekhraj_bhatta.jpeg

डडेल्धुरा। घटालबाबा देवताले आफूलाई मन्त्री बनाएकै भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चारवटा काला बोकाको बली दिएका छन् ।

डडेलधुराको अमरगढी नगरपालिका ३ मा रहेको घटालबाबा मन्दिरमा मंगलबार मन्त्री भट्टले चार काला बोकाको बली दिएका हुन् । उनी निकट एक आफन्तले दिएको जानकारी अनुसार कसैले थाहा नपाउने गरेर फटाफट बोका काटेर उनी घनगढी फर्किएका छन् । उनले मन्दिरमा पूजाको तस्विर समेत खिच्न दिएका थिएनन्।  

मन्त्री हुनु अघि मलाई मन्त्री दिलाउ प्रभु म हजुरको सेवा गर्ने छु भन्दै भाकल गरेका मन्त्री भट्टले भाकल अनुसारको माग पुरा भएपछि बली दिएका हुन् । घटाल देवताको भाकल पुरा भएपछि बोका, हाँस, कुखुरा, रागा भेडा वलीमध्ये कुनै पनि पशुको बली दिइने चलन छ ।

घटाल देवताले मागेको वर पुरा गर्ने भन्ने जनविश्वास रहँदै आएको छ । सोही अनुसार डोटी र डडेलधुराका सर्वसाधारण घटाल देवतालाई आफ्नो मनको इच्छा पुरा गर्न भाकल गर्ने गर्छन । 

घटाल देवतालाई कसैले महाभारतका भीमसेन पुत्र घटोत्चक त कसैले शिव भगवानकारुपमा मान्ने गर्छन । 

तर आफूलाई मार्क्सवादी भन्ने र जनयुद्धकालमा देवीदेवताका मन्दिर भत्काउन निर्देशन दिने कम्युनिष्ट सरकारका मन्त्री भट्टले गुपचुप रुपमा बोकाको बली दिएको कुराले सुदूरपश्चिमेली चकित परेका छन् । 

लकडाउनका वेला काठमाडौबाट बली चढाउनकै लागि मन्त्री भट्ट सुदूरपश्चिम आएको बताइन्छ । उनको अरु कुनै राजकिय कार्यक्रम सार्वजनिक भएको छैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ