arrow

चेल्सी तेस्रो स्थानमा बलियो बन्दै, जिरुको निर्णायक गोल

logo
प्रकाशित २०७७ असार ३१ बुधबार
olivier-giroud.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सीले तेस्रो स्थानलाई बलियो पकड बनाउनतिर लागेको छ ।

लिगको ३६ औं चरणमा खेल भइरहँदा चेल्सीले लिगको पुछारमा रहेको नर्विच सिटीमाथि १–० गोलको कठिन जित निकालेर तेस्रो स्थानलाई बलियो बनाएको हो । 

खेलमा ओलिभर जिरुले निर्णायक गोल गरे । मंगलबार राति भएको खेलको नतिजाले च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई राहत दिएको छ । 

पहिलो हाफको ईन्जुरी समयमा जिरुले हेडमार्फत गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् । चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसंग ४ अंकको अग्रता लिएको छ । चेल्सीलाई एक जितले च्याम्पियन्स लिगमा छनोट गराउनेछ ।

अंक तालिका
लिभरपुल ३५ खेल ९३ अंक ।
म्यान्चेष्टर सिटी ३५ खेल ७२ अंक ।
चेल्सी ३६ खेल ६३ अंक । 
लेस्टर सिटी ३५ खेल ५९ अंक । 
म्यान्चेष्टर युनाइटेड ३५ खेल ५९ अंक । 
वुल्भरह्याम्पछन ३५ खेल ५५ अंक । 
एएफसी बर्नमाउथ ३५ खेल ३१ अंक ।
एस्टन भिल्ला ३५ खेल ३० अंक ।
नर्विच सिटी ३६ खेल २१ अंक । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ