arrow

धनकुटा उद्योग बाणिज्य संघको प्रर्दशन र धर्ना

logo
प्रकाशित २०७७ असार ३१ बुधबार
dhankuta-fncci3.jpg

धनकुटा। ऋणको ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद पाच महिना पर सार्न माग गर्दै आज धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा प्रर्दशन गरी राष्टिय बाणिज्य बैक धनकुटा लगायत विभिन्न बैकहरुमा धर्ना लिई गर्भनरलाई ज्ञापन पत्र पठाएको छ।

बैंक तथा वित्तिय सस्थाहरुबाट किस्ता बुझाउने वारम्वार दवाव दिएपछि धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा ऋणको ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद पाँच महिना पर सार्न माग गर्दै प्रर्दशन गरेको हो। संघले राष्टिय बाणिज्य बैंक धनकुटा र साग्रिला विकास बैक धनकुटा लगायत विभिन्न बैकहरुमा धर्ना दिई गर्भनरलाई ज्ञापन पत्र पठाएको हो।

प्रर्दशन तथा धर्ना दिई गर्भनरलाई ज्ञापन पत्र बुझाउन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्ष निर्मला राई श्रेष्ठ ,महासविच राम वहादुर गोङ्वा,घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य रेणु श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे, अम्विका धमला, रेवती प्रसाद अधिकारी, नगेन्द्र काफ्ले, सुनिता थापा, रिदम श्रेष्ठ, उज्वल कर्माचार्य लगायत स्थानिय व्यवसायीहरु सहभागी थिए।

उनीहरुले ऋणको ब्याज मिनाहा गर्नु पर्ने र किस्ता  बुझाउने म्याद ५ महिना पर सार्नु पर्ने माग गरे। उनीहरुले माग पुरा नभए सवै बैंकहरुमा धर्ना दिने र बैंकहरु वहिष्कार गर्न समेत सकिने र आन्दोलनलाई अझ सशक्त  बनाउने बताए।

प्रर्दशन र धर्ना पछी संघले राष्टिय बाणिज्य बैक धनकुटा शाखाका प्रवन्धक केनदिप श्रेष्ठ मार्फत राष्ट बैकका गर्भनरलाई ऋणको ब्याज मिनाहा गर्न, किस्ता बुझाउने म्याद पाँच महिना पर सार्न र व्यापार व्यावसाय र उद्योग संचालन गर्न उद्योगी व्यावसायीहरुलाई आकस्मिक कर्जा, पुर्नकर्जा, सहुलियत कर्जा तत्काल उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र पठाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ