arrow

पौने ४ अर्ब राजस्व छल्ने ४ कम्पनी बिरुद्ध मुद्दा दायर

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार ३१ बुधबार
high-court-patan.jpg

काठमाडौं । राजश्व अनुसन्धान विभागले पौनै ४ अर्ब राजश्व छली गर्ने विभिन्न फर्म तथा व्यक्ति विरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ । विभागले ३ अर्ब ८२ करोड ६८ लाख रुपैयाँ विगोदावी गर्दै बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले काठमाडौं महानगरपालिकाको सोह्रखुट्टेमा रहेको हाइटेक इन्टरनेशनल प्रालीको सञ्चालक समेत रहेका २ जना विरुद्ध २ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ र ललितपुर महानगरपालिकाको सानेपामा सञ्चालनमा रहेको जेएसएस मोबाइल एण्ड सर्भिसेज प्राली, श्याम इम्प्याक्स र श्यामबाबा इन्टरप्राइजेज विरुद्ध १ अर्ब ३९ करोड ७ लाख रुपैयाँ विगो दावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार हाइटेक इन्टरनेशनल प्रालीले भन्सार विन्दुमा मालवस्तु आयात गर्दा अन्डरविलिङ (मालवस्तु घोषणा नगर्ने) गर्ने गरेका थिए । अन्टरविलिङ गरेर लुकाई छिपाई वस्तुको आयात गरी न्युनविजिकरण समेत गर्दै आएको थियो । हाइटेक इन्टनेशनल प्रालीले सरकारलाई बुझाउनु पर्ने भन्सार, मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पुष्टि भएकाले राजश्व चुहावट ऐन २०५२ अनुसार मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।

त्यस्तै जेएसएस मोबाइल एण्ड सर्भिसेज प्राली, श्याम इम्पेक्स  र श्यामबाबा इन्टप्राइजजले भन्सार नतिरी अवैध रुपमा मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान ल्याई बिल बीजक जारी नगरी बिक्री गर्ने गरेर सरकारलाई तिर्नुपर्ने राजश्व नतिरेका कारण राजश्व अनुसन्धान एने २०५२ अनुसार मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ