arrow

दाङमा ३५ वटा क्रसर अबैधरुपमा सञ्चालित, स्थानीय नेता, प्रहरी र प्रशासनकै मिलेमतोमा तस्करी !

logo
दाजु निसान भट्टराई,
प्रकाशित २०७७ असार ३१ बुधबार
crusher1.jpg

दाङ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफ्नै गाउँपालिकामा पर्ने राप्ती नदीमै देउखुरी भ्याली क्रसर उद्योग चलाएका छन् । तत्कालीन संविधानसभा सदस्य बुद्धिराम भण्डारीले पनि दंगिशरण गाउँपालिकामा गणेश बालुवा वासिङ उद्योग सञ्चालन गर्दै आएका छन् ।

यो उद्योगमा तुलसीपुर उपमहानगरपालिका–५ का अध्यक्ष वीरेन्द्र शाहको पनि लगानी छ । त्यस्तै, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले छोरा प्रकाशको नाममा सेयर हालेर सोही गाउँपालिकामा कृप्रभिज्ञा बालुवा वासिङ उद्योग चलाएका छन् । 

जिल्लाका प्रायः क्रसर उद्योगले बालुवा प्रशोधन केन्द्रको अनुमति लिएर अवैध रूपमा क्रसर उद्योग चलाएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार जिल्लामा हाल बालुवा र क्रसर उद्योग गरी ४५ उद्योगले नदीजन्य पदार्थ उत्खननका लागि अनुमति लिएका छन् । जसमध्ये १० उद्योगले मात्र क्रसरको काम गर्न अनुमति पाएका छन् । तर, बालुवा प्रशोधनको अनुमति पाएका प्रायः उद्योगले क्रसरको काम पनि गर्दै आएका छन् । जिल्ला समन्वय समिति दाङका उपप्रमुख श्रीधर पौडेलले जिल्लामा थोरै उद्योगले मात्र क्रसरको काम गर्ने अनुमति पाए पनि सबैजसो उद्योगले अवैध रूपमा क्रसरको काम पनि गर्दै आएको भेटिएको बताए । उनीहरूले मापदण्ड पनि पूरा गरेका छैनन् । 

नेकपाका नेताहरु निर्मल आचार्यको सम्राट क्रसरमा लगानी छ । स्थानीय प्रहरी प्रशासनकै पहरामा अहिले तस्करी भइरहेको छ । अनुगमनका नाममा कुनै एक्सन नलिइ प्रहरि प्रशासनबाट ढाकछोप गरिएको छ । जिल्ला समन्वय समिती दाङले अबैध दोहन बारे बोल्दा दाङका प्रजिअ गोबिन्द रिजाल र एसपी गणेश चन्द मुकदर्शक बनेका छन् । राजनितिक आडमा हुने आर्थिक चलखेलले अबैध दोहन झनै मौलाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ