arrow

विश्वकै सबैभन्दा वृद्ध सुसान्नाह जोन्स रहिनन्

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
sushanna-jhons.jpg.jpeg
न्युयोर्क (अमेरिका) । विश्वकै सबैभन्दा वृद्धि महिला सुसान्नाह मुसात जोन्सको बिहीबार निधन भएको छ । उनको ११६ वर्षको उमेरमा निधन भएको हो ।  लसएन्जेल्सस्थित जेरन्टोलोजी (वृद्धवृद्धामा लाग्ने रोग अध्ययन विज्ञान) रिसर्च ग्रुपका वरिष्ठ चिकित्सक रोवर्ट योङले भने, जोन्सको बुकलिस्थित बिहीबार मृत्यु भएको छ । 
 
उक्त वृद्धाश्रममा तीन दशकदेखि बस्दै आएकी जोन्स गत १० दिनयतादेखि बिरामी थिइन् ।  उनको मन्टगोमेरी अलावामामा सन् १८९९ मा जन्म भएको थियो । 
 
जोन्सको जीवनी 
 
एघार जना दाजुभाइ/दिदीबहिनीमध्ये एक जोन्सले काला किशोरीहरुका लागि स्थापना गरिएको विशेष विद्यालयमा अध्ययन गरी सन् १९२२ मा माध्यमिक तह उत्तीर्ण गरेकि थिइन् । जोन्सले केही वर्ष वैवाहिक जीवन बिताए पनि उनको कोखबाट कुनै सन्तान भने जन्मेका थिएनन् । 
 
गत वर्ष जापानकी मिसाओ ओकावाको ११७ वर्षको उमेरमा टोकियोमा निधन भएपछि विश्वकी सबैभन्दा वृद्ध मानवका रुपमा उनको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा लेखिएको थियो । 
 
 
अब सवैभन्दा जेठी इटालीकी मोरानो 
 
जोन्सको मृत्युपश्चात उनीभन्दा केही महिना कान्छी इटालीको मर्वानीयाकी ११६ वर्षीया इम्मा मोरानो विश्वकी सबैभन्दा वृद्ध व्यक्ति हुने, योङले भने । 
 
यद्यपि मोरानोलाई औपचारिक रुपमा सबैभन्दा वृद्ध मानिस घोषणा गरिसकिएको छैन, वरिष्ठ चिकित्सक योङले बताए । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ