arrow

शिवम् सिमेन्ट अब मोवाईल एपबाट पनि खरिद गर्न सकिने

logo
प्रकाशित २०७७ साउन १ बिहिबार
shivam-cement-app.jpg

काठमाडौं। नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले सिमेन्ट ग्राहकहरुलाई सिमेन्ट खरिद गर्नका लागि सहज हुने गरि एप ल्याएको छ। शिवम् सिमेन्ट्स लिमिटेडले सिमेन्ट जगतमै पहिलो पटक “शिवम् मोवाईल एप” सार्वजनिक गरेको हो।

ग्राहकहरुले गुगल प्ले स्टोर तथा आइओएस एप स्टोरबाट शिवम मोवाइल एप डाउनलोड गरी सहज प्रक्रियाका साथ सुपथ मुल्यमा आफुलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सक्नेछन् । साथै कम्पनीले भुक्तानीको लागि खल्ती,  इसेवा, ककनेक्ट आइपीएस वा क्यास अल डेलिभरी को सुविधा उपलव्ध गराएको वरिष्ठ ब्राण्ड मेनेजर केशव अर्यालले जानकारी दिए । 

सिमेन्ट जगतमै पहिलो पटक नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत यस सिमेन्ट कम्पनीले निरन्तर रुपमा आफ्नो गुणस्तरीय उत्पादन गर्दै आईरहेको बताएको छ ।

कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा सबैको स्वास्थ्य सुरक्षाको निम्ति आवश्यक सामाजिक दुरी कायम रहोस् र हरेक किसिमका निर्माणहरुले पनि निरन्तरता पाओस् भन्ने उद्देश्यका साथ शिवम् सिमेन्टले यो एप संचालनमा ल्याएको अर्यालले बताए । आधुनिक प्रविधिको माध्यमबाट ग्राहकहरुले आफ्नो मोबाइलमा “शिवम् मोबाइल एप” डाउनलोड गरी सुनिश्चित भएर सहज, सरल तथा सुरक्षित तरिकाल घरमै बसेर शिवम् सिमेन्ट अर्डर गर्न सक्ने व्यवस्था मिलाएको छ। 

यस एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मुल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिने कम्पनीले जनाएको छ । झन्झट रहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएको हुनाले ग्राहकहरुको लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी रहने विश्वास कम्पनीले लिएको छ । यस एप भित्र नै सिमेन्टको निश्चित मूल्य निर्धारण भएको हुनाले ग्राहकहरु मूल्यमा सुनिश्चित रहन सक्नेछन् । 

क्वालिटीको मामिलामा नो कम्प्रोमाइज भन्दै देशका विभिन्न ठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा समेत आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टले ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आईरहेको छ। शिवम् सिमेन्ट आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो ।

एनएस आईएसओ प्रमाणपत्र, आईएसओ, आईएसआई, र बीआईएस सर्टिफिकेशन मार्क प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ