arrow

जनकपुरका मेयरबिरुद्ध सर्वोच्चमा मुद्दा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन १ बिहिबार
lal-kishor.JPG

धनुषा । जनकपुरधामका मेयरबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएको छ । कानून विपरीत नगर सभा गरेको र प्रचलित कानूनको धज्जि उडाएको भन्दै मेयर लालकिशोर साहबिरुद्ध वडाध्यक्षहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन्।

हालै सपन्न भएको जनकपुरधाम उप-महानगरपालिकाको नगर सभा कानून विपरीत भएको भन्दै ‘नगर सभा’ बिरुद्ध सर्वोच्च अदालतमा  बुधबार  मुद्दा दर्ता गरिएको छ ।

वडाध्यक्षका अनुसार आफूहरुले कानूनी राज्यको पालना होस् र जनकपुरधाम उप महानगरपालिकाको हिसाब पारदर्शी होस् भनेर बारम्बार भन्दै आएपनि मेयरले कानून विपरीत नगर सभा  गरेको आरोप छ ।

मेयर साहले राति कोही पनि नभएको बेला मूल्य मान्यता विपरीत नगर सभा समपन्न गरेर सम्पूर्ण नगर वासिलाई मुर्ख बनाउने काम गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष दिपेन्द्र साहले बताए । वडाध्यक्षहरुका अनुसार आफूहरुले सभा रद्द हुनुपर्ने मांग दावी सहित उत्प्रेशन मुद्दा हालेको सुनाए।

सर्वोच्चमा जनकपुरधाम उपमहानगरपालिका वाड नम्बर ७ का वडा अध्यक्ष जानकिराम साह, सदस्य नाजिर हुसैन र वडा नम्बर ९का वडा अध्यक्ष प्रमेश्वर साह गरेर तीन जनाले निवेदन दर्ता गराएका छन्। 

नगर सभामा जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकमा मेयर लालकिशोर साहले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाउदैँ वडाध्यक्षहरुले विरोध गरेका थिए। बहुमत वडाध्यक्ष तथा सदस्यहरू विरोधमा रहेपनि मेयर साहले असार १० गते अबेर राति नगरसभा गरेको वडाध्यक्षहरूले जानकारी दिए।

नगरसभामा केही जनाको फर्जी हस्ताक्षर समेत रहेको वडा अध्यक्षहरूले बताए । रिट उपर सुनवाइ गर्न सर्वोच्चले श्रावण ५ गते पेशी तोकेका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ