arrow

वडाले बाड्यो कुहिएको चामल, स्थानीय दुई दिनदेखि आन्दोलनमा

logo
प्रकाशित २०७७ साउन १ बिहिबार
damage-rice-mugu.gif

दैलेख । नारायण नगरपालिका वडा नं४ का बासिन्दालाई वडाले वितरण गरेको राहत चामल कुहिएको भन्दै दुई दिनदेखि आन्दोलन गरेका छन् । केही वडामा बाडिएपनि नगरपालिकाको वडा नं ४ मा ५५५ घरधुरीलाई वितरण गर्ने भनेर लगेको २१३ बोरा चामलमध्ये केही कुहिएको परेको भन्दै स्थानीयले आन्दोलन गरेको डिलकुमारी कटुवालले जानकारी दिइन् । 

नगरपालिका दैलेखको गोदाममा दुई महिनादेखि उक्त चामल थन्किएको थियो । जनतालाई समयमा प्रदान गर्नुपर्ने राहत वितरण नगरिनु वडा र नारायण नगरपालिकाको लापरवाही भएको हस्तबहादुर खड्काले बताए । अध्यक्ष वीरबहादुर कटुवालले आफू वडामा नभएका बेलामा कर्मचारीले चामल वितरण गरेको जानकारी दिँदै जनताको राहतका लागि वितरण गरिएको र केही समस्या भए तत्काल सच्याउन आफूले कर्मचारीलाई निर्देशन दिएको बताए । 

नगरपालिकाको टेन्डर प्रक्रियामार्फत खरिद गरी गोदाममा राखेर वडामा पठाएपछि कर्मचारीले सोही चामल वितरण गरेको अध्यक्षले बताए । वडा सचिव चक्रबहादुर कटुवालले आफूले कुहिएको चामल नदेखेको, केही स्थानीयले रिसिबीका कारण सामान्य मक्किएको एक-दुई बोरा चामल सडकमा छरेर अनावश्यक टीकाटिप्पणी गरेको बताए ।

 जिल्ला प्रशासन कार्यालय दैलेखबाट बुधबार गएको टोलीले परीक्षणका लागि तीन बोरा चामलको नमूना लगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ