arrow

फाइनान्सियल टाइम्सको समाचारमा देखिएकी सुजाता भट्टराई को हुन?  के गर्‍यो उनको कम्पनीले?

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १ बिहिबार
anvesa-microsoft.jpg

काठमाडौं। ओरेसटेक सिस्टमले अन्भेसा ईडिस्कभरी प्लेटफर्मममा नयाँ सुविधा थप गरेको छ। डिजिटल ट्रान्सफरमेसन कम्पनी ओरेसले इन्टेलिजेन्ट क्लाउड र एड सोलुसनका सेवाहरु दिँदै आएको छ। विशेष गरी कानुन व्यावसायिहरुका लागि डिजिटल प्लेटफर्ममा सम्भवहुने सबै किसिमका सेवा दिने ओरेसले अत्याधुनिक एवं तिव्र गति र सहज व्यवस्थापन प्रणालीको सेवा दिँदै आएको फाइनान्सियल टाइम्सले लेखेको छ।

डिजिटल एवं आर्टिफिसियल इन्टेलिजेन्सीको सुविधा दिँदै आएको अन्भेसाले अब माइक्रोसफ्टको अजुरेसँग एकिकृत सेवा दिने भएको छ। कम्पनीले माइक्रोसफ्टको अजुरे र अजुरे एआईसँग एकिकृतरुपमा एआई र मेशिन लर्निंगको सेवालाई अझैं लाभदायि बनाउन लागेको हो।

अन्भेसा ३.० को अपडेटेड नयाँ सेवा जुलाई १५ बाट सुरु भएको छ। माइक्रोसफ्टसँग एकिकृत रुपमा सेवा सुरु गरेसँगै नयाँ अपडेटेड अन्भेसाले अब कानुनी व्यवसायीहरुलाई दुई ओटा नयाँ सुविधा थपेको छ। थप गरिएका नयाँ सुविधा, अप्रशिक्षित मेशिन लर्निंग र किवोर्ड एक्सट्रयाक्सन हो। यसले अब कानुनी फर्महरुलाई ठूला कागजातहरुको समिक्षा गर्न सहज गरिदिने छ।

ओरेस कम्पनीले रिसर्च एण्ड डेभलपमेन्टमा आधारित सेवाहरु दिने हुँदा कम्पनीका क्लाइन्टहरुले थप खर्चबीना नै सबै जसो सेवाहरु प्रयोग गर्न पाउँछन्।

ओरेसले कानुनी व्यवसायीहरुका ठूला कागजातहरुलाई व्यवस्थित तरिकाले राख्न सक्ने सेवा दिनेहुँदा  प्रयोगकर्ताहरुलाई कागजातहरुभित्रका कुराहरु एक एक गरि खोजि गर्ने झन्झट राख्दैन। अव्यवस्थित डाटाहरुलाई समेत सहज किसिमले मेशिन लर्निंगकै माध्यमबाट व्यवस्थापन गर्छ।

‘हामीले डाटा र एआईमा ठूलो लगानी गरेका छौं। अव्यवस्थित डाटाबाटै एआईको माध्यमबाट प्रयोगकर्तालाई व्यवस्थित डाटाहरु दिन सक्छौं।’ ओरेसकी सिईओ सुजाता भट्टराइले भनिन्। ओरेसकी सिईओ सुजाता नेपालका परराष्ट्रविद् डा दिनेश भट्टराईकी छोरी हुन्। 

अब अन्भेसाको नयाँ अपडेटेड प्रणालीले कानुन व्यवसायी र कानुन फर्महरुलाई चाहिने सबै सेवाहरु सहजरुपमा र कम समयमै गरिदिन सक्नेछ।
इन्टरनेटजन्य सञ्जालहरुमा ठूलो मात्रामा तथ्यांकहरु संकलन भइरहेको हुन्छ। जस्तै कि च्याट (अनलाइन म्यासेजिङ) मा समेत। यसै किसिमका डिजिटल कागजातहरुमा रहेका महत्वपूर्ण तर लुकेका डाटाहरु संकलनका लागि अन्भेसा महत्वपूर्ण हो । यसले कानुनी क्षेत्रका मामिलाहरुमा मद्दत गर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ