arrow

अवैध मोबाइल फोन निरुतसाहित पार्न मोबाइल विक्रेताको आह्वान

logo
प्रकाशित २०७७ साउन १ बिहिबार
Mobile.jpg.jpeg

काठमाडौं। मोबाइल फोन इम्पोर्ट्स एसोसिएसन र नेपाल मोबाइल वितरक संघले बजारमा रहेको अवैध मोबाइल फोन निरुतसाहित गर्न आह्वान गरेको छ। बिहीबार दुवै संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै खुला रुपमा कारोबार भइरहेका अवैध मोबाइल फोन विक्री वितरण नगर्न आह्वान गरेको हो।

‘देशभित्र अवैध मोबाइल फोनको कारोबार खुल्ला रुपमा बढेको प्रति दुवै संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’ बिहीबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अवैध कारोबार निरुत्साहन गर्न दुवै व्यवसायिक संगठन आपसी सहमति जनाउँदछ।’

दुवै संगठनले अवैध मोबाइल फोन निरुत्साहित गर्नुपर्ने भन्दै आपसी सहमतीमा बिहीबार ४ वटा निर्णय समेत गरेको छ। मोबाइल फोन इम्पोर्ट्स एसोसिएसनले दिएको जानकारी अनुसार एसोसिएसनका सदस्यहरुसँग आबद्ध सबै विक्रेताहरुलाई अवैध मोबाइल फोनको खरिद विक्री नगर्न, नगराउन अनुरोध गर्ने निर्णय गरिएको छ।

त्यस्तै संगठनहरुले गरेको अनुरोधको विरुद्धमा हुनेगरी खरिद विक्री वितरण गरेको पाइएमा पहिलो पटक आफ्नो दायित्वप्रति सचेत गराइने, दोस्रो पटक पाइएमा संगठनमा आबद्ध गराउन असमर्थ हुने र तेस्रो पटक पाइएमा कानुनी कारवाही गराउन सुचित गराउने निर्णय गरिएको  जानकारी मोबाइल इम्पोर्ट्स एसोसिएसनले गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ