arrow

१२ सय ६६ किशोरी बालिकालाई २५ हजार सेनिटरि प्याड वितरण

logo
प्रकाश बम,
प्रकाशित २०७७ साउन १ बिहिबार
senitary-pad.JPG

डोटी । कोभिड -१९ ले  यति बेला बिश्व नै आक्रान्त बनेको छ । कोरोना संक्रमणका कारण देश नै लकडाउनमा छ । अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै एक संस्थाले गाउँमा नै गएर  किशोरी वालिकाहरुलाई सेनिटरि प्याड वितरण गरेको हो ।

वजारमा गएर सेनिटरि प्याड खरिद गर्ने अवस्था नहुदा घरमा रहेको फोहर कपडा प्रयोग गर्नु पर्ने वाध्यता साथै स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा बालिकाहरुको समस्यालाई मध्य नजर गर्दै सेनिटरि प्याड वितरण गरिएको सामुदायिक बिकास केन्द्र डोटीका स्पोन्सर सिप टिम लिडर सुनिल जोशीले जानकारी दिए   ।  जिल्लाका १२ सय ६६ बालिकालाई २५ हजार ३ सय बीस पिस सेनिटरि प्याड वितरण गरेको जोशीले बताए।
 
सामुदायिक बिकास केन्द्र डोटीले जिल्लाका आदर्श,सायल गाउँपालिका  र दिपायल सिलगढि  नगरपालीकाका १४ वडामा वर्ल्ड  भिजनमा दर्ता भएका किशोरी वालिकाहरुलाइ  वितरण गरेको जनाएको छ ।

 वितरण कार्यक्रममा सहभागी किशोरीहरुलाई  सेनिटरि प्याड प्रयोग गरि सके पछी ठोस फोहोर ब्यबस्थापन कसरी गर्ने भन्ने बिधिका बारेमा स्थानीय निकायमा कार्यरत महिला स्वास्थ कर्मचारी तथा स्वयंसेवकद्वारा जानकारी समेत गराइएको वर्ल्ड भिजनका स्पोन्सर सिप फिल्ड संयोजक गांगि बलायरले जानकारी दिए ।

 यस्तो कठिन समय गाउँ गाउँ आएर प्याड निशुल्क वितरण गरेकोमा सहयोगि संस्थालाई किशोरीहरुले धन्यवाद दिएका छन् । वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र सामुदायिक बिकास केन्द्रको संयुक्त साझेदारिमा संचालित समुदायमा आधारीत वाल स्पोन्सरसिप परियोजना अन्तर्गत  सामग्री बितरण गरिएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ