नवलपरासी। २५६०औँ बुद्ध जयन्तीको अवसरमा नवलपरासीको रामग्राम स्तुपमा बुद्ध जयन्ती मेला २०७३ सञ्चालन हुने भएको छ ।
बुद्ध जयन्तीको स्मरण साथै रामग्राम स्तुपको प्रचारप्रसारका लागि यही जेठ ८ गते बुद्ध जयन्ती मेला गर्न लागिएको बुद्ध जयन्ती मेला मूल समारोह समितिका संयोजक शम्भु उपाध्यायले बताए । मेलाका आकर्षणमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम, बुद्ध प्रवचन, बुद्धसँग सम्बन्धित तस्बिर र वृत्तचित्र प्रदर्शनी, खाना उत्सव र व्यावसायिक पसल रहने छन् ।
बुद्ध जयन्तीकै अवसरमा जेठ ५ गतेबाट विविध कार्यक्रम सञ्चालन हुने छ । रामग्राम स्तुपको व्यापक प्रचारप्रसारका लागि हरेक वर्ष बुद्ध जयन्ती मेला हुँदै आएको छ । भगवान् गौतम बुद्धको अष्ठ धातु रहेको स्थल रामग्राम स्तुप हो । रासस