arrow

लेखा अधिकृत पोखरेल थलोमै पक्राउ

logo
प्रकाशित २०७७ साउन १ बिहिबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुस रकमसहित आज  पक्राउ परेका छन् । 

लेखा अधिकृत पोखरेललाई रु ६५ हजार घुस लिएको  अभियोगमा थलोमै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ । 

इटहरी –६ घर भएका लेखा अधिकृत पोखरेलले लामो समयदेखि सेवाग्राहीसँग कमिसन लिने गरेको सूचनाका आधारमा आयोगले पोखरेलमाथि निगरानी गर्दै आएको  थियो । 

उनलाई इटहरी –६ स्थित बिपी चोकस्थित समिप होेटलमा सेवाग्राहीसँग रकम लिँदै गरेको आरोपमा पक्राउ गरिएको  आयोग इटहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ