arrow

स्पेनिश लिगको उपाधि रियाल मड्रिडलाई, यस्तो बन्यो कीर्तिमान

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
real-madrid-la-liga-final.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलको उपाधि रियाल मड्रिडले जितेको छ । बिहीबार राति भएको खेलमा भिल्लारियललाई २–१ गोल अन्तरले पराजित गर्दै रियालले एक खेल अगाबै लिगको उपाधि जितेको हो ।

रियाललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । भिल्लाका भिसेन्ट इबोर्राले एक गोल फर्काए ।

बिहीबार रातिको खेलमा दोस्रो स्थानको बार्सिलोना पराजित हुँदा रियालले अझ फराकिलो अन्तर बनाउँदै उपाधि जितेको हो । 

उपाधि जित नजिक पुगेर बार्सिलोना कमजोर भएपछि रियालले उपाधि जितेको हो । 

घरेलु मैदानमै खेलेको बार्सिलोना ओसासुनासंग २–१ गोल अन्तरले पराजित भयो । लियोनल मेस्सीले गोल गरे पनि टिमलाई जिताउन सकेनन् । 

अन्तिम चरणका खेल हुन बाँकी रहँदा रियाल मड्रिडको ८६ अंक भएको छ । बार्सिलोनाको ७९ अंक भएको छ । तेस्रो स्थानको एथलेटिको मड्रिडको ६९ तथा सेभियाको ६७ अंक भएको छ । 

यस्तो बन्यो रियालको कीर्तिमान–
उपाधिसंगै रियालले ३४ औं पटक ला लिगाको उपाधि जितेको छ । रियाल सर्वाधिक धेरै ला लिगा उपाधि जित्ने क्लब बनेको हो ।

यस्तै रियालले तीन वर्षपछि ला लिगाको उपाधि जितेको हो । यस अघि सन् २०१६–१७ को सिजन रियालले उपाधि जितेको थियो ।

यो उपाधिसंगै फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले आफूलाई उत्कृष्ट भएको दावीसमेत प्रस्तुत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ