arrow

डडेल्धुरामा कस्को कारणले विग्रियो कांग्रेस?  

गुटबन्दीको अन्त्यका लागि अभियान

logo
टेकराज अवस्थी,
प्रकाशित २०७७ साउन २ शुक्रबार
dadeldhura-congress-jagaran.jpg

डडेल्धुरा। नेपाली कांग्रेस डडेल्धुरामा मौलाईरहेको गुटबन्दी बिरुद्ध संचालन भईरहेको जागरण अभियान फेरि गतिशिल भएको छ । 

पार्टी भित्रको गुटले सर्बसाधारण जनता र कद्धिबद्ध कार्यकर्तामाथी आघात पुगेको भन्दै नौ महिना अघिदेखि शुरु भएको पार्टी सुदृढिकरण अभियान अन्तर्गत जिल्लाका बिभिन्न स्थनीय तहस्तरिय कार्यक्रम संचालन भएको थियो। विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको सन्त्रास र लकडाउनका कारण नियमित हुन नसकेको जागरण अभियान जिल्ला अबिधेशन तथा राष्ट्रिय महाधिबेशनको कार्यतालिका आएपछि फेरि गतिशिल भएको हो। अभियानले जिल्लाको कांग्रेस राजनीतिलाई शुद्धिकरण तथा बलियो बनाउन व्यापक छलफल गरि अगाडी बढन सुझाव संकलन पनि गरेको छ । 

पूर्व महाधिबेशन प्रतिनिधि,अमरगढी नगरपालिकाका संस्थापक नगरप्रमुख तथा नेपाली कांग्रेस डडेल्धुराका बरिष्ठ नेता मोहनराज पाठकको अध्यक्षतामा बसेको बैठकले जनताको सबैभन्दा ठूलो विश्वास आस्था र समर्पण रहेको लोकतान्त्रिक पार्टीलाई व्यक्ति स्वार्थमा केन्द्रीत गरि पार्टी तहसनहश गरेकोले गुटबन्दीका नेताहरुलाई मूलधारमा ल्याउन अभियान आवश्यक रहेको निष्कर्ष निकालेका छन् । 

छलफलका सहभागिले जिल्लाको कांग्रेस राजनीति बिगार्नमा जिल्लाका जनप्रतिनिधिहरु नै पहिलो दोषी भएको ठहर पनि गरेका छन् । जनप्रतिनिधीहरुले आफ्नो दुनो सोझ्याउन कसैलाई बाल्टी भरी दूध दिने कसैलाई लात्ती हान्ने प्रबृति पटक पटक हुँदै आएकोले यसबाट ठूलो पिडा ब्यहोर्नु परेको स्मरण गर्दै अभिभावककै कारण जिल्लामा कांग्रेसप्रति बितृष्णा फैलिएको बताए। 

जिल्लाबासीका समस्या समाधान वा जनताका काम रत्तिभर नगर्ने, कान भर्ने र पार्टी कब्जा गरेर बस्ने प्रबृतिका दुई प्रकारका गुटको प्रभाब हाबी हुँदै गएकोले आसन्न जिल्ला अबिधेशनका लागि चनाखो भएर पार्टीको साख बचाउन उनीहरुले आग्रह पनि गरेका छन्। 

नेताहरुमा ईमान्दारिता, राजनीतिक चरित्र, जनता प्रतिको दायित्वबोध गर्ने संस्कार नरहेको बताउँदै पदमा रहँदा वा नरहँदा कुनै काम पनि प्रभाबकारी रुपमा भएको अनुभुति गर्न नपाएको, पञ्चायती शैलीको गुटबन्दी अब अस्वीकार गर्नुपर्ने, आस्थावान क्रियासिल सदश्यहरुलाई संरक्षण गरि भाबी पुस्तालाई हस्तान्तरण गरि जिम्मेवार बनाउन अभियान जारी रहेको कांग्रेसका अभियानकर्मीहरुले बताएका छन्। 

लकडाउन खुकुलोसँगै पार्टीको अबिधेशन सन्दर्भमा चासोका साथ अगाडी बडेको जागरण अभियानले जिल्ला अधिबेशनसम्म र आवश्यक परे निरन्तर खबरदारी गर्ने उद्देश्यका साथ स्थानीय निर्वाचनमा भए गरेका गल्ती कमजोरीलाई समिक्षा गर्ने, पार्टीका गतिबिधि र गुटबन्दीका क्रियाकलापहरुलाई पनि सुक्ष्म ढंगले बिश्लेषण गर्दै आम जनताको रुष्टतालाई पार्टी सुदृढिकरण मार्फत जागरण गरि कालान्तरसम्म स्वच्छ र जीवन्त बनाउने अभियानमा हातेमालो गर्न जिल्लाबासीलाई आग्रह पनि गरेका छन्। 

पार्टीलाई धरापमा राखेर आफ्नो अभिष्ट पुरा गर्ने अधिकार जो कसैलाई पनि नरहेको भन्दै काँग्रेस भनेर बाँचेका र छ पटकसम्म डडेल्धुराबाट अपराजित बनाउने डडेल्धुराबासीको ईच्छा आकांक्षा जनविश्वास र भावना माथी खेलवाड गर्नेलाई कारवाही नगरेसम्म पार्टी एकता नहुने भएकोले विपीको राजनीतिक जीवनको आदर्श र नैतिकताको पाठ सिकाउने बेला आएको सहभागिले जिकिर गरेका छन्। 

“एक घट्टका दुई भग्या” जस्तै अहिले सम्म डडेल्धुराबासीको रगत पसिना माथी रजाई गरेर आफूलाई पुग्ने गरि सम्पति आर्जनमा लागेको र डडेल्धुराबासीका लागि सिन्को पनि नभाँचेको आरोप सहभागिले लगाएका छन् । यस्तो बिकृति समयमै पाखा लगाउन नसके यसै पुस्ताको आँखा अगाडी पार्टी जनस्तरमा बिलिन हुने संभावना रहेकोप्रति जागरुक कांग्रेसजनहरुले क्रियासिल सदश्यता पनि हाम्रो नभई राम्रो व्यक्तिलाई दिनु पर्ने सुझाएका छन् । 

गुटबन्दीको आपत्तिमा उत्रिएका डडेल्धुराका सक्रिय नेता कार्यकर्ता, पूर्व शिक्षकहरु, बिभिन्न संगठन आबद्ध व्यक्तित्वहरु र सञ्चारकर्मी सहितको उपस्थितिमा सम्पन्न भएको बैठकमा डडेल्धुरा जिल्लाको एउटै नेता माथी दुई चरम गुटबन्दीको नेतृत्वलाई स्वीकार्न नसक्ने अवस्था सिर्जना भएकोले अधिधेशन केन्द्रित राजनीति र गतिबिधिको बिरुद्धमा संघर्ष गर्ने र नेपाली कांग्रेसलाई साबिक जनताको पार्टी बनाउन आआफ्नो तर्फबाट सशक्त भुमिका निर्वाह गर्ने लगायत जनतालाई पनि काँग्रेस जागरणमय बनाउने घोषणा गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ