arrow

बाह्र वर्षे बालिकाको एक महिनामै दुई जनासँग बिहे ?

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
Child-marriage.jpeg

काठमाडौं । बालविवाह विश्वमै बर्जित छ । त्यसको ठूलो कानुनी कार्वाही हुन्छ । नेपालमा २० वर्षपछिमात्र युवती बिहे गर्न लायक हुन्छिन् । 

तर नेपालमा पनि फाट्फुट बालविवाह भने भइरहेका नै छन् । हैरान पार्ने समाचार त यो छ कि १२ वर्षे बालिकाको एक महिनाभित्रै दुई जना वयस्क पुरुषसंग बिहे भएकोमा हो । 

प्रसंग हो केन्याको । एक महिनाभित्र दुई वयस्क पुरुषसँग छुट्टाछुट्टै विवाह गर्न बाध्य पारिएकी १२ वर्षीया बालिकाको अधिकारीहरूले उद्धार गरेका छन्।

राजधानी नाइरोबीबाट पश्चिममा अवस्थित नारोक काउन्टीमा बसोबास गर्ने ती बालिकाको आफ्नै पिताले पहिलो पटक ५१ वर्षीय व्यक्तिसँग बलपूर्वक विवाह गराइदिएका थिए ।

उनी त्यहाँबाट भागिन् । तर उनको अर्का ३५ वर्षीय पुरुषसँग विवाह भयो । त्यसपछि बल्ल बालअधिकारकर्मी र सरकारी अधिकारीहरूले उनको उद्धार गरे।

अर्की बालिकालाई उद्धार गर्ने प्रक्रिया चलिरहँदा आफूले ती बालवधूबारे सूचना पाएको उद्धारमा संलग्न अभियानकर्मीले बताएका छन्। “उनका बुबाले अधबैँसे मानिसलाई बिहे गर्न ती बालिका दिए। उनीसँग अर्का तन्नेरीसँग बिहे गर्नुबाहेक अरू विकल्प थिएन,” नारोक काउन्टी पीस असोसीएशनका जोशुआ कापुटाहले भने ।

कापुटाहका अनुसार गरिबी तथा कोरोनाभाइरस महामारीका कारण विद्यालयहरू बन्द भएकाले बालविवाह बढेको छ।

“केही परिवार भोका छन् र बेहुला पक्षबाट उपहारमा पाइने दुई वा तीनवटा गाईको सम्भावना निकै आकर्षक भएको हुनसक्छ,” उनले भने। (बीबीसीबाट)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ