arrow

कोरोना रोकथामको लागि प्रदेश २ सरकारलाई सूर्य नेपालको १ करोड सहयोग

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन २ शुक्रबार
surya-nepal-ravi-kc.jpg

जनकपुरधाम। कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सूर्य नेपाल प्रालिले एक करोड रुपैयाँ सहयोग गरेको छ । 

बिहीबार सूर्य नेपालका प्रतिनिधिहरुले प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारलाई सवैभन्दा धेरै कर तिर्ने र देशको जीडीपीमा अहं योगदान रहेको सूर्य नेपालले कोरोना रोकथाम र व्यवस्थापनका लागि प्रदेश २ सरकारलाई १ करोड नगद सहयोग गरेको हो।

सूर्य नेपालका भाइस प्रेसिडेन्ट कर्पोरेट अफेयर्स रवि केसीले मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा केसीसँगै पर्यटन व्यवसायी नवराज बजगाँई पनि थिए।   

प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न बैंक, वितिय संस्था, विभिन्न व्यापारीक घरानाहरुले रकम जम्मा गराएका छन्। उक्त रकमबाट प्रदेश सरकारले कोरोनाको रोकथाम तथा उपचारमा खर्च गर्दै आइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ