arrow

अमेरिकी राजदूत बेरीले दिए सचिव विश्वकर्मालाई बधाई 

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
randy-berry-manbd-bk.jpg

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले दलित समुदायबाट पहिलो पटक नेपाल सरकारको सचिव बनेका डा. मानबहादुर विश्वकर्मालाई बधाई दिएका छन् । 

उनले सामाजिक संजाल ट्वीटरमार्फत विश्वकर्मालाई बधाई दिँदै समावेशी शासन र लोकतन्त्रको दिशामा यो महत्वपूर्ण कदम भएको पनि उल्लेख गरेका छन् ।

उनले विश्वकर्माको पदोन्नतिले सीमान्तकृत समुदायका महत्वाकांक्षी नागरिकहरुका लागि यो प्रेरणादायी उदाहरण पेश गरेको समेत उल्लेख गरेका छन् । 

को हुन् विश्वकर्मा ? 
गत सोमबार नेपाल सरकारको सचिव पदमा पहिलो पटक दलित समुदायका व्यक्ति डा। मानवबहादुर विश्वकर्मा पुगेका हुन् । 

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा। विश्वकर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । युवा तथा खेलदकुद मन्त्रालयमा सहसचिव रहेका विश्वकर्मा सचिवमा बढुवा भएका हुन् ।

लोकसेवा आयोगका अध्यक्ष उमेशनाथ मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको वैठकले सचिव बढुवाको लागि तीन जनाको नाम सिफारिस गरेकामा उनी भाग्यमानी सावित भएका हुन् । 

विश्वकर्मा पाल्पाको देउराली गाउँमा मध्यमवर्गीय किसान परिवारमा जन्मिएका हुन् । उनी खरदार तहबाट सरकारी सेवामा प्रवेश गरेका थिए । 

उनी ०६९ सालमा दलित समुदायबाट पहिलो पटक बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेका थिए । 

बर्दिया, चितवन, मकवानपुर, सिरहा, तनहुँलगायतका जिल्लामा सीडीओ भई काम गरेका उनी श्रम विभागको महानिर्देशक, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र प्रदेश ५ को प्रदेश सचिवको रुपमा जिम्मेवारी बहन गरिसकेका छन् ।

उनले अमेरिकाको ब्राण्डाइज युनिभर्सिटी अमेरिकाबाट पिएचडी गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ