arrow

अन्तर्राष्ट्रिय यातायात मजदुर संगठनद्धारा प्रधानमन्त्री ओलीलाई पत्र

यातायात श्रमिकहरुको स्वास्थ्य सुरक्षा तथा स्वरोजगार श्रमिकहरुको सन्दर्भमा चासो

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
itwf.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय यातायात मजदुर संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यातायात मजदुरको सुरक्षालाई लिएर पत्र पठाएको छ । 

विश्वका दुई करोड यातायात मजदुर सदस्य रहेको बेलायतको उक्त संगठनले हालको सार्वजनिक यातायात संचालनका लागि यातायातका चार संस्थाहरु र सरकारबीच भएको छलफलको सन्दर्भमा संगठनले नेपालमा आफूसंग आबद्ध रहेको सडक यातायाततर्फका दुई मजदुर युनियन नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले उठाएका कुराहरुलाई अब यातायात संचालन हुँदा यातायात श्रमिकहरुको स्वास्थ्य सुरक्षा तथा स्वरोजगार श्रमिकहरुको सन्दर्भमा चासो राख्दै सो फेडेरेशनका महासचिव स्टेफेन कटनले पत्राचार गरेका हुन । 

हालको कोभिड १९ को सन्दर्भमा श्रमिकहरुका लागि अन्तर्राष्ट्रिय श्रम संगठनले बनाएको मार्गनिर्देशन अनुसारको स्वास्थ्य सुरक्षा ख्याल गर्दै उनीहरुको स्वास्थ्य बिमा साथै साठी प्रतिशत रहेका स्वरोजगार श्रमिकहरुका लागि लकडाउन पछाडि यातायात संचालन गर्न  कम व्याजको सहुलियत दरको ऋण लगायतको कुराहरुमा समेत ध्यान दिई यातायात मंत्रीलाई समस्याको समाधान गर्न भनिदिन समेत महासचिव कटनले आग्रह गरेका छन् ।  

संगठनले प्रधानमन्त्रीलाई पत्रका साथमा सार्वजनीक यातायात संचालनका लागि फेडेरेशनले तयार पारेको चार्टर अफ पेपर समेत संलग्न गरी पठाएका छन् । 
सो संगठनका नेपालमा रहेका विश्व कार्य समितिका सदस्य अजय कुमार राईले वर्तमान समस्यालाई लिएर संगठनको ध्यानाकर्षण भएको र संगठनसंग आवद्ध रहेको दुई युनियनको मजदुरहरुको बिमा तथा आईएलओ मापदण्ड बमोजिमको स्वास्थ्य सामग्री, सहुलियत व्याजको कर्जा लगायतका कुराहरुप्रति संगठनको ऐक्यबद्धता रहेको पनि बताए । 

उक्त संगठनका १५० देशमा सडक यातायात, हवाई जहाज, रेल, पानीजहाज, पर्यटन लगायतका ७०० वटा मजदुर युनियनहरु आबद्ध रहेका छन् । 

यसले विश्व स्तरमा अन्तर्राष्ट्रिय श्रम संगठन लगायतका संस्थाहरुसंग मिलेर यातायात मजदुर हक, हित र अधिकारको लागि काम गर्दछ । 

    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ