arrow

रुकुमकोट कमलदह धार्मिक महोत्सव हुने

logo
तारक प्रतिभा,
प्रकाशित २०७३ जेठ १ शनिबार
aarko.jpg.jpeg
रुकुम । रुकुमको पर्यटकिय एवं ऐतिहासिक स्थल रुकुमकोटमा आगामी जेष्ठ २६ देखी अषाढ १ सम्म रुकुमकोट कमलदह धार्मिक महोत्सव हुने भएको छ । जिल्लाको दोस्रो पुरानो विद्यालय रुक्मेणी उमाविको सुविधा सम्पन्न भौतिक पुर्वाधार निमार्ण तथा प्राविधिक शिक्षा सञ्चालनार्थ धार्मिक महोत्सव सञ्चलान गर्न लागिएको रुक्मुणी उमावि रुकुमकोटका व्यवस्थापन समिति अध्यक्ष केशबचन्द्र समालले जानकारी दिए ।
 
 महोत्सव अवधीभर ५१०० शान्ति कलश पुजन,लाखबत्ति प्रज्वलन,१०८ शालिगा्रम पुजा,पितृमोक्ष दान,तुलानदान,भागबत पुरान लगायत विविध धार्मिक अनुष्ठानहरु सम्पन्न गरिने र लोकप्रिय अन्तराष्टिय तथावाचक गोविन्द सरन महाराज जी र पुज्य दिदी मिरादेवी बाट कथा बाचन र भागवत वाचन हुने पनी आयोजकले जानकारी दिएको छ । 
 
जिल्लाको पुरानो र ऐतिहासिक विद्यालय स्रोत साधनको अभावमा रहेकोले महोत्सवबाट संकलित दानबाट भौतिक पुर्वाधार तथा प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य रहेको मुल आयोजक समिति संयोजक एवं व्यवस्थापन समिति अध्यक्ष समालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ