arrow

कोभिड–१९ रोकथामबारे ट्राफिकले लेखे निबन्ध

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
traffic.PNG

काठमाडौँ । सधैँ सडकमा सिटी बजाउँदै सवारी नियम पालनामा तल्लिन हुन्छन् ट्राफिक प्रहरी । उहाँहरुलाई कुन गाडीले नियम मिच्यो र कुन गाडी नियमानुसार चल्यो भन्नेमा मात्रै ध्यान हुन्छ । 

त्यसरी सधैँ सडकमा देखिने ट्राफिक प्रहरीले यसपाली साहित्य लेखनमा आफ्नो क्षमता देखाए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले इम्पेरियल बिजनेस कलेजको सहकार्यमा ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण’का विषयमा आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताको प्रतिस्पर्धामा उनीहरु उत्रिएका हुन्  । 

खाली समयको सदुपयोग गर्दै सिर्जनशील तथा अध्ययनशील बनाउनुका साथै नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सकिने उपायको खोजीका लागि उक्त कार्यक्रम आयोजना गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

प्रतिस्पर्धामा उत्रिएका ५१ प्रहरीमध्ये महानगरीय ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले बाजी मार्दै आज रु चार हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा प्रहरी नायब निरीक्षक शम्भु सुस्केरा दोश्रो, प्रहरी जवान प्रकाश ढकाल तेश्रो भए । प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद न्यौपाने र गोपाल तामाङले क्रमश चौथो तथा पाँचौँ हुँदै पुरस्कार प्राप्त गरे । 

आज महाशाखामा एक समारोहका बीच महाशाखा प्रमुख ढकाल, इम्पेरियल बिजनेस कलेजका प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोले, घुन्सा फाउण्डेशनका अध्यक्ष याङजोङ शेर्पा र प्रहरी उपरीक्षक वामदेव गौत्तमले पुरस्कार प्रदान गरेका थिए । 

ट्राफिक प्रहरीले आफ्नो ड्यूटीका क्रममा कोरोनाबाट उत्पन्न समस्या, सङ्क्रमणबाट बच्ने उपाय, ट्राफिक प्रहरीको कर्तव्य र नागरिकमैत्री व्यवहारलगायतका विषय समेटी निबन्ध लेखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ