arrow

कपाल खौरिएर धार्मिक भावनामा ठेस पुर्‍याउने पाठक बिरुद्ध भारतीय प्रहरीले दर्ता गर्‍यो उजुरी

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
jay-shree-ram-fir.jpg

काठमाडौं। नेपाली एक युवकलाई कपाल खौरिएर टाउकोमा जय श्रीराम लेख्न लगाई नेपाल बिरुद्ध नै नारा लगाउने एक व्यक्ति बिरुद्ध भारतको वाराणसी जिल्लाको थाना भेलुपूरमा प्रहरीले उजुरी दर्ता गरेको छ। कपाल खौरिएर नारा लगाउन लगाएको भिडियो भाइरल भएपछि विश्व हिन्दू सेनाका कार्यकर्तालाई पक्राउ गर्न भारतीय प्रहरीले उजुरी दर्ता गरेको छ।

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालाले पाठक बिरुद्ध प्रहरीले उजुरी दर्ता गरेको पत्र ट्वीटरमा राखेर प्रहरीले आफ्नो कार्वाही अघी बढाएको बताएका छन्। उनले कपाल खौरिएर गरिएको हर्कतको आलोचना समेत गरेका छन्। 

चौथाइवालाले ट्वीटमा सार्वजनिक गरेको एफआरआई अनुसार भेलुपूर थानाका प्रहरी निरिक्षक उदयप्रताप सिंहले विश्व हिन्दू सेना नामक संस्थाका अध्यक्ष अरुण पाठक बिरुद्ध शुक्रवार उजुरी दर्ता गरेका हुन्। नेपाल राष्ट्रको अपमान र धार्मिक भावनामा ठेस पुर्‍याउने काम गरेको भन्दै स्थानिय प्रहरीले पाठक बिरुद्ध उजुरी दर्ता गराएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमी अयोध्याबारे दिएको अभिव्यक्ति पछि भारतमा राजनीतिक दलहरु सहित नागरिकस्तरमा पनि कडा प्रतिक्रिया दिएका छन्। यसैंक्रममा कतिपय ठाउँमा नेपालीहरुमाथि दवाव दिने र ज्यादतीका खबर समेत आएका छन्। 

भारतका कतिपय धार्मिक संस्थासँग आवद्ध व्यक्तिहरु प्रधानमन्त्री ओलीको रीस भारतमा रहेका नेपालीहरुमाथि पोख्न थालेका हुन्। बनारसमा काम गर्न गएका एक नेपालीलाई विश्व हिन्दू सेना नामक संस्थाका कार्यकर्ताले जबरजस्ती कपाल खौरेर जय श्रीराम लेखेका हुन्। 

विश्व हिन्दू सेनाका संरक्षक अरुण पाठकले आफ्ना कार्यकर्ताले गरेको यस्तो कदम सही भएको भन्दै आफ्नो भनाइ फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्ने अभिव्यक्ति दिएपछि भारतमा रहेका हिन्दूहरुले प्रधानमन्त्री ओलीको विरोध गर्दै आएका छन्। त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ