arrow

थोमस बाख ओलम्पिकको दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
thomas-wak.jpg.jpeg

लाओजान । थोमस बाखले सन् २०२१ मा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको अध्यक्षको रूपमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिनसक्ने बताएका छन् ।  

ओलम्पिकको अध्यक्षमा आठ वर्षका लागि सन् २०१३ निर्वाचित भएका जर्मनीका ६६ वर्षीय बाखले दोस्रो चार वर्षका लागि उम्मेदवारी दिनसक्ने प्रावधान रहेको छ । आईओसी अध्यक्षको निर्वाचन २०२१ को जुन महिनामा एथेन्समा हुनेछ ।

कोरोनाभाइरस महामारीका कारण भिडिया सम्मेलनेमार्फत गरिएको अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी)को १३६ औँ सम्मेलन सत्रमा बाखले भने, “यदि आइओसी सदस्यले चाहेको खण्डमा म दोस्रो कार्यकालका लागि आगामी वर्षहरूमा काम गर्न तयार रहने छु ।”

सन् १९७६ मा पश्चिम जर्मनीका लागि ओलम्पिकमा गोल्ड मेडल जित्न सफल बाखले समितिका धेरै सदस्यले आफुलाई अर्को कार्यकालका लागि उम्मेदवारी दिएमा सहयोग गर्ने आश्वासन दिएको बताए । 

“प्रोत्साहन र विश्वासका धेरै शब्दहरूबाट म कृतज्ञ तथा आभारी छु,” बाखले आफ्नो दोस्रो कार्यकालका लागि उम्मेदवारीको सम्भावनालाई सङ्केत गर्दै भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ